Advertisement

बझाङमा रेबिज भ्याक्सिन संकट: प्रदेश आपूर्तिको लापरबाहीले बिरामीहरू मर्कामा

Advertisement

बझाङ: जिल्ला अस्पताल बझाङमा रेबिजविरुद्धको भ्याक्सिन (ARV) अभाव भएपछि कुकुर तथा अन्य जनावरको टोकाइबाट घाइते भएका बिरामीहरू उपचार नपाएर फर्किन बाध्य भएका छन्। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, धनगढीले समयमा खोप आपूर्ति नगर्दा जिल्लावासीले स्वास्थ्य संकट बेहोर्नुपरेको छ।

बझाङका पत्रकार उत्तम कुमार थापाका तीन वर्षीय छोरालाई आज बिहान घर नजिकै कुकुरले टोकेपछि तत्काल रेबिज भ्याक्सिन लगाउन जिल्ला अस्पताल पुर्‍याइएको थियो। तर अस्पताल प्रशासनले खोप सकिएको जानकारी दिँदै तत्काल उपचार सम्भव नभएको बतायो।

यसैगरी, जिल्लामा दैनिक ५-६ जना बिरामीहरू विभिन्न घरपालुवा तथा छाडा जनावरबाट टोकिने गरेका छन्। तर प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रबाट समयमै खोप आपूर्ति नहुँदा उनीहरू उपचार बिना नै घर फर्किन बाध्य भएका छन्।

बझाङ जिल्ला अस्पतालका अनुसार, धनगढीस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट आवश्यक खोप आपूर्ति हुन नसकेको कारण निःशुल्क भ्याक्सिन दिन नसकिने अवस्था आएको हो।

“हामीले पटक–पटक माग गर्दा पनि आपूर्ति केन्द्रले भ्याक्सिन पठाउन सकेको छैन। यसको मार बिरामीहरूले बेहोर्नुपरिरहेको छ,” बझाङ जिल्ला अस्पतालका मेसु नवराज जोशीले  बताए ।

अस्पताल प्रशासनले बिरामीहरूलाई बजारबाट भ्याक्सिन किन्न सल्लाह दिएको छ, जसले आर्थिक रूपमा कमजोर वर्गका बिरामीहरूलाई थप मारमा पारेको छ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका सूचना अधिकारी जयन्द्र बोगटीका अनुसार संघीय सरकारले नै भ्याक्सिन पठाउने भएकाले ढिलाइ भएको हो।

“केही दिनअघि धनगढीमा पनि भ्याक्सिन अभाव थियो। माथिबाट आपूर्ति ढिलो भएकाले समस्या देखिएको हो। तर आज बेलुकासम्म भ्याक्सिन धनगढी आइपुग्नेछ र भोलिदेखि सबै जिल्लामा पठाइनेछ,” बोगटीले जानकारी दिए।

रेबिज एक प्राणघातक रोग हो, जसको समयमा उपचार नभए मृत्यु अनिवार्य छ। कुकुर वा अन्य जनावरको टोकाइपछि समयमै भ्याक्सिन लगाउनु नै एकमात्र सुरक्षा उपाय हो। तर हाल खोप अभाव भएपछि जिल्लामा महत्त्वपूर्ण सार्वजनिक स्वास्थ्य संकटको अवस्था सिर्जना भएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज