Advertisement

बझाङमा रेबिज भ्याक्सिन संकट: प्रदेश आपूर्तिको लापरबाहीले बिरामीहरू मर्कामा

Advertisement

बझाङ: जिल्ला अस्पताल बझाङमा रेबिजविरुद्धको भ्याक्सिन (ARV) अभाव भएपछि कुकुर तथा अन्य जनावरको टोकाइबाट घाइते भएका बिरामीहरू उपचार नपाएर फर्किन बाध्य भएका छन्। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, धनगढीले समयमा खोप आपूर्ति नगर्दा जिल्लावासीले स्वास्थ्य संकट बेहोर्नुपरेको छ।

बझाङका पत्रकार उत्तम कुमार थापाका तीन वर्षीय छोरालाई आज बिहान घर नजिकै कुकुरले टोकेपछि तत्काल रेबिज भ्याक्सिन लगाउन जिल्ला अस्पताल पुर्‍याइएको थियो। तर अस्पताल प्रशासनले खोप सकिएको जानकारी दिँदै तत्काल उपचार सम्भव नभएको बतायो।

यसैगरी, जिल्लामा दैनिक ५-६ जना बिरामीहरू विभिन्न घरपालुवा तथा छाडा जनावरबाट टोकिने गरेका छन्। तर प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रबाट समयमै खोप आपूर्ति नहुँदा उनीहरू उपचार बिना नै घर फर्किन बाध्य भएका छन्।

बझाङ जिल्ला अस्पतालका अनुसार, धनगढीस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट आवश्यक खोप आपूर्ति हुन नसकेको कारण निःशुल्क भ्याक्सिन दिन नसकिने अवस्था आएको हो।

“हामीले पटक–पटक माग गर्दा पनि आपूर्ति केन्द्रले भ्याक्सिन पठाउन सकेको छैन। यसको मार बिरामीहरूले बेहोर्नुपरिरहेको छ,” बझाङ जिल्ला अस्पतालका मेसु नवराज जोशीले  बताए ।

अस्पताल प्रशासनले बिरामीहरूलाई बजारबाट भ्याक्सिन किन्न सल्लाह दिएको छ, जसले आर्थिक रूपमा कमजोर वर्गका बिरामीहरूलाई थप मारमा पारेको छ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका सूचना अधिकारी जयन्द्र बोगटीका अनुसार संघीय सरकारले नै भ्याक्सिन पठाउने भएकाले ढिलाइ भएको हो।

“केही दिनअघि धनगढीमा पनि भ्याक्सिन अभाव थियो। माथिबाट आपूर्ति ढिलो भएकाले समस्या देखिएको हो। तर आज बेलुकासम्म भ्याक्सिन धनगढी आइपुग्नेछ र भोलिदेखि सबै जिल्लामा पठाइनेछ,” बोगटीले जानकारी दिए।

रेबिज एक प्राणघातक रोग हो, जसको समयमा उपचार नभए मृत्यु अनिवार्य छ। कुकुर वा अन्य जनावरको टोकाइपछि समयमै भ्याक्सिन लगाउनु नै एकमात्र सुरक्षा उपाय हो। तर हाल खोप अभाव भएपछि जिल्लामा महत्त्वपूर्ण सार्वजनिक स्वास्थ्य संकटको अवस्था सिर्जना भएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज