Advertisement

पालिका उपचुनावको लागि दलहरु उम्मेदवार छनोटमा व्यस्त

Advertisement

काठमाण्डौ – आउँदो मङ्सिर १६ गते हुने पालिकाको उपचुनावका लागि दलहरु उम्मेदवार छनोटमा व्यस्त भएका छन् । मङ्सिर २ गते उम्मेदवार मनोनयन दर्ता कार्यक्रम भएकाले दलहरु तयारीमा लागेका हुन् ।

काठमाण्डौको कीर्तिपुर नगरपालिकाका मेयर, दैलेखको महाबु गाउँपालिका अध्यक्ष र मोरङको ग्रामथान गाउँपालिका अध्यक्षसहित पालिकाका रिक्त ४४ पदमा उपचुनाव हुन लागेको हो । यसअघि पालिकाका ३९ पदमा उपचुनाव हुने भनिए पनि घोषणा भइसकेपछि थप ५ पद रिक्त हुन पुगेकाले सबै ४४ पदमा उपचुनाव हुने आयोगले जनाएको छ ।

आयोगका अनुसार एक नगरपालिकाका मेयर र दुई गाउँपालिकाका अध्यक्षसहित जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष, बाजुराको स्वामीकार्तिक खापर गाउँपाालिका उपाध्यक्ष, पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष र बाँकी वडाध्यक्ष पदका लागि उपचुनाव हुनेछ ।

मेयरको लागि एक ठाउँमा मात्रै उपचुनाव हुन लागेकाले दलहरुको ध्यान कीर्तिपुरमा बढी केन्द्रित भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएकाले कीर्तिपुर नगरपालिकाको मेयर पदमा उपचुनाव हुन लागेको हो ।

कांग्रेस कीर्तिपुर नगर समितिले मेयरका लागि कृष्णमान डंगोल, बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनको नाम सिफारिस गरेको छ ।

नेकपा एमालेल सुरेन्द्र मानन्धरलाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवार सिफारिस गरेको छ । यस्तै नेकपा माओवादी केन्द्रले प्राध्यापक शिवशरण महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पालिका उपचुनावको लागि निर्वाचन आयोगमा २५ वटा दल दर्ता भएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज