Advertisement

पालिका उपचुनावको लागि दलहरु उम्मेदवार छनोटमा व्यस्त

Advertisement

काठमाण्डौ – आउँदो मङ्सिर १६ गते हुने पालिकाको उपचुनावका लागि दलहरु उम्मेदवार छनोटमा व्यस्त भएका छन् । मङ्सिर २ गते उम्मेदवार मनोनयन दर्ता कार्यक्रम भएकाले दलहरु तयारीमा लागेका हुन् ।

काठमाण्डौको कीर्तिपुर नगरपालिकाका मेयर, दैलेखको महाबु गाउँपालिका अध्यक्ष र मोरङको ग्रामथान गाउँपालिका अध्यक्षसहित पालिकाका रिक्त ४४ पदमा उपचुनाव हुन लागेको हो । यसअघि पालिकाका ३९ पदमा उपचुनाव हुने भनिए पनि घोषणा भइसकेपछि थप ५ पद रिक्त हुन पुगेकाले सबै ४४ पदमा उपचुनाव हुने आयोगले जनाएको छ ।

आयोगका अनुसार एक नगरपालिकाका मेयर र दुई गाउँपालिकाका अध्यक्षसहित जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष, बाजुराको स्वामीकार्तिक खापर गाउँपाालिका उपाध्यक्ष, पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष र बाँकी वडाध्यक्ष पदका लागि उपचुनाव हुनेछ ।

मेयरको लागि एक ठाउँमा मात्रै उपचुनाव हुन लागेकाले दलहरुको ध्यान कीर्तिपुरमा बढी केन्द्रित भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएकाले कीर्तिपुर नगरपालिकाको मेयर पदमा उपचुनाव हुन लागेको हो ।

कांग्रेस कीर्तिपुर नगर समितिले मेयरका लागि कृष्णमान डंगोल, बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनको नाम सिफारिस गरेको छ ।

नेकपा एमालेल सुरेन्द्र मानन्धरलाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवार सिफारिस गरेको छ । यस्तै नेकपा माओवादी केन्द्रले प्राध्यापक शिवशरण महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पालिका उपचुनावको लागि निर्वाचन आयोगमा २५ वटा दल दर्ता भएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज