Advertisement

हुम्लाको खच्चा सडकमा सास्ती : डोजरको सहयोगमा मालबाहक ट्रक पास गर्नुपर्ने बाध्यता

Advertisement

हुम्ला – निरन्तरको सुख्खा पहिरोले हुम्लाको खच्चामा सडक नियमित सञ्चालनमा ल्याउन समस्या भएको छ । कर्णाली करिडोरअन्तर्गत हुम्लाको कुवाडीखोलाबाट खार्पुनाथसम्म नियमित रूपमा गाडी सञ्चालनमा ल्याउन सर्केगाड–१ जैरीको खच्चा सडकले अबरोध गरेको छ । नेपालगञ्ज, सुर्खेतबाट पुग्ने गरेका मालबाहक ट्रकहरु प्रायः खच्चामा रोकिनुपर्ने अवस्था छ । सडकको कच्ची भागमा नियमितजसो सुख्खा पहिरो खस्ने गरेको छ ।

स्थानीय होटल सञ्चालक डिलबहादुर बुढाले पहिरोले निक्कै सास्ती दिएको बताउनुभयो । सामान ल्याएर खच्चामै थन्कीदा घाटा हुने भएकाले पैसा उठाएर कामदार र डोजरलाई तिरेर सडक बनाउने गरेको सर्केगाडका व्यवसायी लक्ष्मण फडेराले गुनासो गर्नुभयो । सरकारी निकायबाट ढिलासुस्ती हुने गरेको छ । सडक मर्मतमा ढिला हुँदा सामान बिग्रने जोखिम हुन्छ । खच्चा सडक खण्डलाई नियमित गर्न बैकल्पीक सडकको व्यवस्थापन गर्न माग हुँदै आएको छ ।

सडक विभागबाट खटीएका दानसिंह महताराले हरेक दिन १०/१५ वटा मालबाहक ट्रक डोजर लगाएर तान्ने गरीएको बताउनुहुन्छ । ‘दिउँसो डोजरले सडक बनाउने राती फेरी पहिरोले उस्तै बनाइदिन्छ’ उहाँले भन्नुभयो,‘ साह्रै समस्या भोग्नुपरेको छ ।’ कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले यसलाई नियमित गर्न संघीय सरकारसँग पटक–पटक माग गरेको बताउनुभएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज