Advertisement

सहकर्मीलाई धम्क्याउने धौलागिरि अस्पतालका डाक्टरले मागे माफी

Advertisement

बागलुङ —अस्पतालमा कार्यरत सहकर्मी चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई धम्क्याउने धौलागिरि अस्पतालका मेडिकल अधिकृत नन्दनप्रसाद शाहले सार्वजनिक माफी मागेका छन् ।

पीडितले सेवा ठप्प पारेर प्रशासनमा सुरक्षा माग्न पुगेपछि शाहले आगामी दिनमा त्यस्तो कार्य नगर्ने लिखित प्रतिबद्धता जनाएका हुन् । अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाइ शाहले केही दिनअघि निधारमा गोलीको टिका लगाइदिने धम्की दिएका थिए ।

उक्त धम्की दिएपछि काम गर्न असहज भएको भन्दै सुरक्षा मागेर प्रशासनमा पुगेका चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले सुरक्षाको प्रत्याभूति दिने भन्दै आश्वास्त पारेका थिए । प्रशासनमै भएको सर्वपक्षीय बैठकमा शाहले लिखित माफी मागेका हुन् ।

अत्यावश्यक सेवा भएकोले चिकित्सक र स्वास्थ्यकर्मीले पनि आन्दोलन छाडेर काममा फर्केका छन् । प्रजिअ सुवेदी सहित अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण शर्मा पौडेल, व्यवस्थापन समितिका सदस्यहरु, प्रमुख मेडिकल अधिकृत रविरन्जन प्रधान लगायतको उपस्थितिमा उक्त सहमति भएको हो ।

अस्पतालमा दैनिक ४ सय जना सम्म बिरामी उपचारकालागि जाने गरेका छन् । तर शाहको धम्कीले चिकित्सकले काम गर्न सकेका थिएनन् । शाहले डाक्टरहरुलाई निधारमा गोलीको टिका लगाइदिने धम्की दिएको पीडितले गुनासो गरे । उनीहरुले अस्पताल प्रशासनलाईपनि ध्यानाकर्षण पत्र बुझाएका थिए । शाहले धम्की दिएपछि कतिपयले उनी भएको स्थानमा जान समेत डराएका थिए ।

अस्पताल व्यवस्थापन समितिले पनि शाहलाई स्पष्टीकरण सोधेर पीडितलाई काम गर्ने वातावरण बनाउने निर्णय गरेको एक सदस्यले बताए । पछिल्लो समय अस्पतालमा विभिन्न कारणले उपचार सेवा समेत प्रभावित भएको गुनासो आएको छ । मेसु प्रधान र व्यवस्थापन समितिबीच पनि राम्रो सम्बन्ध छैन । जसका कारण उपचार सेवामा पनि असर परिरहेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज