Advertisement

डडेल्धुरा आरती हत्या प्रकरण : पोस्टमार्टम रिपोर्टले के भन्छ ?

Advertisement

धनगढी: डडेल्धुरामा मृत भेटिएकी किशोरीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ। सदरमुकाम अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्या आरोपमा ५८ वर्षीय टेकबहादुर भण्डारी पक्राउ परेका थिए। अहिले उनीमाथि थप अनुसन्धान जारी छ। प्रहरीले अहिले पोस्टमार्टम रिपोर्ट आइसकेको र थप रगत, कपाल तथा भेजाइनल स्वाव परीक्षणका लागि पठाइएको जनाएको छ। डडेल्धुरा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या भने आफूले गरेको स्वीकारेका छन्। पोखरा बजारमा भण्डारी पुस्तक एण्ड स्टेस्नरी पसल सञ्चालन गरिरहेका भण्डारीले पसलभित्रै किशोरीको शनिबार हत्या गरेको स्वीकार गरेका हुन्।

आवेशमा आएर किशोरीको घाँटी थिचेर हत्या गर्नुको कारण भने अझै नखुलेको बताइन्छ। तर स्थानीयले किशोरीको बलात्कारपछि हत्या गरिएको दावी गरेका छन्। उता प्रहरीले भने सो विषयलाई प्रष्ट भनिसकेको छैन। प्रहरीले घर्षण भएको पोस्टमार्टमले देखाएपनी बलात्कार नै नभएको जनाएको छ। जबरजस्ती करणी गर्न खोज्दा किशोरीको प्रतिकारपछि आवेशमा आएर हत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ।

प्रहरीका अनुसार ती किशोरीले आफू भारत जान लागेको बताउँदै केही रकम चाहिएको भन्दै भण्डारीलाई दशैंअघि २३ गते पनि भेटेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। किशोरी आरती २५ गते दिउँसोसम्म घरमै रहेको र ४ बजे गहुँ पिस्न स्थानीय पोखरा बजारको मिलमा गएकी थिइन्। त्यसबेला उनले बजारमा चप्पल पनि किनेको पाइएको छ। भण्डारीसँग किशोरीको एक वर्ष अघिदेखि चिनजान रहेको उल्लेख गर्दै प्रनाउ श्रेष्ठले भने ‘किशोरी भण्डारीको पसलमा साँझ ५ बजेतिर पुगेको देखिन्छ, कुराकानीकै क्रममा आवेशमा हत्या भएको भनिएको छ।’

त्यसपछि भण्डारीले आरतीको शव प्लाष्टिकको बोरामा प्याक गरेर पसल बाहिर राखेका थिए। हतारमा पसल बन्द गरेर भाग्ने क्रममा उनको मोटरसाइकल पसल अगाडि नै ढलेपछि नजिकैका सुरक्षाकर्मीले उठाउन सहयोग गरे। आफ्नै पसल अगाडि शव राखेका उनी त्यसपछि डडेल्धुरा सदरमुकाम हुँदै पोखराबाट १० किलोमिटर टाढाको स्याउले बजार पुगेको अनुसन्धानबाट खुलेको छ। प्रहरी स्रोत भन्छ– पसल बाहिर शव राखेर निस्किएका उनले तीन किमी पर पुगेपछि फर्केर तुफानडाँडामा तीन घण्टा मदिरा पिएका थिए। राति ९ बजेतिर फर्केर पसल खोले। म।१ प १४५४ नम्बरको आफ्नै मोटरसाइकलमा शवको बोरा बाँधेर व्यवस्थापन गर्ने तयारीमा रहेका बेला कुकुर भुक्न थालेपछि भण्डारी अलमलमा परेपछि मोटरसाइकल नालीमा ढलेको देखिन्छ।

त्यसपछि पोखरा बजारको १० मिटर पूर्वमा शव फालेर भण्डारी भागे। तर, उनको टोपी र चप्पल भने शव फालेकै ठाउँमा छुट्न पुग्यो। शव नजिकै भेटिएको आरोपीको टोपी र चप्पलका कारण प्रहरीले भोलिपल्ट बिहान शौचालयमा लुकेको अवस्थामा भण्डारीलाई पक्राउ गरेको हो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज