Advertisement

पूर्वाधार र अस्पतालको क्षमता नहुँदा नेपालमा अंग प्रत्यारोपण कठिन

Advertisement
काठमाडौं । शरीरका अंग फेल भएर अहिले पनि नेपालमा धेरै मानिसको मृत्यु हुने गरेको छ । तर अंग प्रत्यारोपण गर्ने सहज सुविधा छैन । मिर्गौलाको प्रत्यारोपणको १२ वर्ष र कलेजो प्रत्यारोपणको ८ वर्षे इतिहास भए पनि मागअनुसार सेवा प्रवाह हुन सकेको छैन । राजधानी केन्द्रित सीमित अस्पतालमा सेवा उपलब्ध छ । तर क्षमता भने मागभन्दा निकै कम छ । सरकारले सेवा विस्तार र अस्पतालको क्षमता विकासमा ठोस पहल गरेको छैन ।काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सन् २०१९ देखि कलेजो प्रत्यारोपण सेवा सुरु भयो । पाँच वर्षमा यहाँ जम्मा १५ जनामा मात्र कलेजो प्रत्यारोपण भएको छ । पछिल्लो २ महिनादेखि त प्रत्यारोपण नै भएको छैन । त्रिवि शिक्षण अस्पतालका कलेजो तथा ग्यास्ट्रो सर्जन डा. रमेशसिंह भण्डारीभने आफूहरू तयार रहे पनि बिरामीहरू आफूकहाँ नाआएको बताउनु हुन्छ । ‘हामीकहाँ बिरामी नआएरै हो । नत्र हामी रेडी छौँ । भोलिका दिनमा हामीले विशेषगरी सोमबार र बुधबार ओपीडी चलाउँछौँ,’ उहाँले भन्नुभो, ‘त्यसमा ट्रन्सप्लान्टका बिरामीहरुलाई बोलाउँछौ । अहिले आउनु भयो भने हामी २ हप्तामा गर्न सक्छौ ।’नेपालमा बर्सेनि १ हजार जनाको कलेजो बिग्रने गरेको अनुमान छ । त्यसमा पनि करिब २ सय जनाको त तत्काल प्रत्यारोपण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।त्रिवि शिक्षण अस्पतालबाहेक भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र केही निजी अस्पतालमा पनि कलेजो प्रत्यारोपणको सेवा छ । तर ८ वर्षको बीचमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३०, त्रिविमा १५ र निजी अस्पतालसमेत गरी झन्डै ५० जनाको मात्र प्रत्यारोपण भएको छ । नेपालका अस्पतालले दिने सेवा गुणस्तरीय भए पनि बिरामीले विश्वास नगर्दा धेरै जना प्रत्यारोपणका लागि विदेशिने गरेको चिकित्सकको अनुमान छ ।

मिर्गौला प्रत्यारोपणमा पनि उस्तै समस्या छ । नेपालमा बर्सेनि ३ हजारको मिर्गौला बिग्रने अनुमान भए पनि जम्मा ३ सयको मात्रै प्रत्यारोपण हुने गरेको छ । मिर्गौला नपाउने समस्या त छ नै पाइहालेमा पनि पूर्वाधार अभावले एकैचोटी धेरै जनाको प्रत्यारोपण सम्भव छैन । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको तथ्याङ्कअनुसार ब्रेन डेथ भएकाहरुबाट मिर्गौला पाउन १ हजार जना र कलेजो पाउन ५५ जनाले निवेदन दिएका छन् । तर आवश्यकताअनुसार दान गर्नेहरु निकै कम छन् । जबकि अन्य मुलुकमा मुटु, फोक्सो, आमासयलगायत पाठेघर कै समेत प्रत्यारोपण हुने थालिसकेको छ ।नेपालमा एक त अंग प्रत्यारोपणबारे सचेतनाको अभाव छ भने अर्कोतर्फ सरकारले पनि ठोस पहल गरेको छैन । अंग प्रत्यारोपण सेवा सातै प्रदेशमा विस्तार गर्ने भनिए पनि काम अघि बढेको छैन । सरकारी स्वामित्वका अस्पतालमासमेत भवनलगायतका पूर्वाधार अभावले पर्याप्त मात्रामा प्रत्यारोपण हुन सकेको छैन ।ठाउँ अभावले प्रत्यारोपणमा गर्न सहज नभएको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको भनाइ छ । ‘हामीकहाँ स्थानअनुसार जनशक्ति छ । तर अब हामीले यो भन्दा बढी प्रत्यारोपण गर्न सक्ने ठाउँ नै छैन । र हामिले सरकारलाई बारमबार पहल गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘सरकारले घोषणा पनि गरेको छ । प्रत्येक वर्ष सरकार हरु आउनु हुन्छ उहाँहरुले यो केन्द्रलाई सय रोपनी जग्गा दिन्छु, यसलाई शैक्षिक प्रतिष्ठान बनाउँछु, ५ सय शय्याको बनाउँछु भनेर घोषणा पनि गर्नुहुन्छ । नीति तथा कार्यक्रम र बजेटमा पनि आउँछ तर कार्यान्वयन भएकै छैन ।’कलेजो र मिर्गौला मात्र होइन, अन्य अंग प्रत्यारोपण सेवा पनि सहज बनाउन सरकारी पहल सुस्त छ । सेवा सहज बनाउने प्रतिबद्धता गर्ने तर काम नगर्ने प्रवृत्तिले नागरिकहरु अकालमा ज्यान गुमाउन बाध्य हुँदै आएका छन् ।

कान्तिपुर

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज