Advertisement

डडेल्धुराकि १४ वर्षिय आरतिको घाँटी थिचेर हत्या, यसरी भएको थियो घटना

Advertisement

धनगढी: डडेल्धुरामा मृत फेला परेकी आरती भट्टराईको हत्या आरोपमा पक्राउ परेका एक जनालाई सार्वजनिक गरिएको छ। अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्या गरेको आरोपमा पक्राउ परेका ५८ वर्षीय टेकबहादुर भण्डारीलाई सार्वजनिक गरिएको हो।

डडेल्धुरा प्रहरीले पत्रकार सम्मेलन गर्दै हत्या आरोपी भण्डारीलाई सार्वजनिक गरेको हो। डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरिसकेका छन्।

‘घटनास्थल नजिकै टेकबहादुर भण्डारीको पोखरा बजारमा भण्डारी पुस्तक एण्ड स्टेस्नरी पसल रहेको छ,’ डिएसपी श्रेष्ठले भने, ‘पसलभित्र कोठामा आवेशमा आएर भट्टराईको घाँटी थिची हत्या गरेको भण्डारीले स्वीकार गरेका छन्।’

डिएसपी श्रेष्ठका अनुसार आवेशमा आउनुको कारण भने अहिलेसम्म खुलेको छैन। स्थानीय बासिन्दाले बलात्कारपछि हत्या भएको बताउँदै आएका छन्।

डिएसपी श्रेष्ठले भने पोष्टमार्टम रिपोर्ट आइनसकेको र त्यसबारे अहिले भन्न नसकिने बताए। ‘जवरजस्तीकरणी गर्न खोज्दा किशोरीले अस्विकार गरेपछि आवेशमा आएको पनि हुनसक्छ, तर त्यो अहिले नै केही खुलेको छैन,’ उनले भने।

१४ वर्षीया किशोरी भट्टराई २५ गते ४ बजे घरबाट मिलका लागि हिडेकी थिइन्। तर ती किशोरी मृत फेला परेको भन्दै प्रहरीलाई ११ बजे खबर भएको थियो।त्यसपछि भण्डारीलाई दोस्रो दिन बिहान पक्राउ गरिएको हो।

कस्तो थियो घटना ?

१४ वर्षीया किशोरी आरती भट्टराई भट्टराई २५ गते दिउँसोसम्म घरमै रहेको र ४ बजे गहुँ पिस्न स्थानीय पोखरा बजारको मिलमा गएकी थिइन्। बजारमा उनले चप्पल पनि किनेको पाइएको छ। भण्डारीसँग किशोरीको एक बर्षअघिबाटै चिनजान रहेको पाइएको छ।

डीएसपी श्रेष्ठका अनुसार किशोरी भण्डारीको पसलमा साँझ ५ बजेतिर पुगेको देखिन्छ। कुराकानीकै क्रममा आवेशमा हत्या भएको अनुमान गरिएको छ।

हत्यापछि ६ बजेतिर भण्डारीले आरतीको शव प्लाष्टिकको बोरामा सामानजस्तै प्याक गरी पसलको बाहिर राखेको पाइएको छ। हतारमा पसल बन्द गरेर भाग्ने क्रममा उनको मोटरसाइकल पसल अगाडि नै ढलेपछि नजिकै रहेका सुरक्षाकर्मीले देखेर उठाउन सहयोग गरेका थिए।

आफ्नै पसल अगाडि शव राखेका उनी त्यसपछि डडेल्धुरा सदरमुकाम हुँदै पोखराबाट १० किलोमिटर टाढाको स्याउले बजार पुगेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। पसलमा शव राखेर निस्किएका उनी त्यसपछि फेरि तीन किमी पछाडि नै फर्केर तुफानडाँडामा तीन घण्टा मदिरा पिएको देखिएको अनुसन्धानमा खटिएका प्रहरीले जानकारी दिएका छन्।

९ बजेतिर फर्केर उनले आफ्नो पसल खोले। शव व्यवस्थापनका म १ प १४५४ नम्बरको आफ्नै मोटरसाइकलमा बाँधेर व्यवस्थापन गर्ने तयारीमा रहेका बेला कुकुर भुक्न थालेपछि भण्डारी अलमलमा पर्दा मोटरसाइकल नालीमा ढल्न पुग्यो।

त्यसपछि पोखरा बजारको १० मिटर पूर्वतर्फ शव फालेर भण्डारी भागेको अनुसन्धानमा देखिएको श्रेष्ठले जानकारी दिए। तर, उनको टोपी र चप्पल भने शव फालेकै ठाउँमा छुट्न पुगेको थियो। शव नजिकै भेटिएको आरोपीको टोपी र चप्पलका कारण प्रहरीले दोस्रो दिन बिहान शौचालयमा लुकेको अवस्थामा भण्डारीलाई पक्राउ गरेको हो।

महेन्द्रनगर पोस्टबाट

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज