Advertisement

दशैँ भन्दैमा धेरै नखान र चिल्लो पिरो कम गर्न पोषणविद्को सुझाव

Advertisement

काठमाण्डौ – दशैँ पर्व विशेष पर्व भएकाले घरघरमा फलफूल, रोटी, मिठाइ तथा माछामासुको धेरै प्रयोग हुन्छ । नयाँ लुगा लाउने, मीठो खाने पर्वका रुपमा दशैँलाई लिने गरिन्छ । पोषणविद्ले दशैँ भन्दैमा धेरै नखान र चिल्लो पिरो कम गर्न सुझाव दिएका छन् ।

घरमै तयार गरिएका परिकार मात्रा मिलाएर ठिक्क खाए स्वास्थ्यलाई फरक नपर्ने पोषणविद् राज शाक्य बताउनुहुन्छ । चिल्लो, पिरो कम भएका स्वस्थकर परिकारले स्वास्थ्यलाई हानी नोक्सानी नगर्ने उहाँको भनाइ छ । चिल्लो, पिरो, नुनिलोको मात्रा धेरै हुँदा अपच हुने, कब्जियत, ग्यास्ट्रिक पनि हुन सक्छ ।

स्वास्थ्यको ख्याल नगरी यस्ता खानेकुरा खानाले यो बेला मात्रै होइन अरू बेला पनि उस्तै असर गर्छ । तर विशेषगरी दशैँमा अलि धेरै नै परिकार बन्ने र खाने हुँनाले लगत्तै अस्पतालमा बिरामीमो चाप बढ्ने गरेको छ । पोषणविद् अनुश्री आचार्यका अनुसार पटकपटक प्रयोग गरिएको तेलमा तारेका खानेकुरा खानु हुँदैन ।

त्यस्तै कुनै पनि परिकार एकैपटक पकाउने र त्यसलाई तताउँदै खानु पनि राम्रो मानिदैन । दशैँमा माछामासुको बढी प्रयोग हुने भएकाले यसका साथमा हरियो सागसब्जी तथा फलफूल, दही, सलाद पनि खान उहाँहरुको सुझाव छ । पानी प्रशस्त पिउन, कोल्ड ड्रिङ्क्सको सट्टा नरिवल पानी, मोही, लस्सी खान पोषणविद्को आग्रह छ । मधुमेह, उच्च रक्तचाप भएकाले विशेष ध्यान दिन पोषणविद् शाक्यले सुझाव दिनुभयो ।

उज्यालो अन्लाईन

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज