Advertisement

रेडक्रसले गर्यो बझाङको सुनकुडा बजार सरसफाइ

Advertisement

बझाङ : नेपाल रेड क्रस सोसाइटीद्वारा संचालित “परिवर्तक – The ChangeMaker” अभियान अन्तर्गत बझाङको बित्थड चिर गाउँपालिका वडा नम्बर ९ को सुनकुडा बजारमा सरसफाई अभियान सम्पन्न भएको छ। IFRC को आर्थिक सहयोगमा सम्पन्न भएको यस कार्यक्रममा सुनकुडा नमुना माध्यमिक विद्यालय, डुम्राकोट प्रगतिशील समाज, र बित्थड चिर गाउँपालिका वडा नम्बर ९ को सहकार्य रहेको थियो । सरसफाई कार्यक्रममा विद्यार्थी, स्थानीय व्यापारी र समुदायका अन्य सदस्यहरूको उत्साहजनक सहभागिता थियो ।

कार्यक्रमको उद्घाटन गर्दै सुनकुडा नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक मदनबहादुर बमले सरसफाई अभियानले विद्यार्थीहरूमा जनचेतना फैलाउने र वातावरणीय प्रदूषण घटाउने महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले जलवायु परिवर्तनका कारण उत्पन्न समस्याहरूलाई न्यूनीकरण गर्न यस्ता कार्यक्रमहरू विशेष महत्त्वपूर्ण रहेको औंल्याउनुभयो।

बित्थड चिर गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता हरिचन्द्र जोशीले अभियानले समाज सुधार र वातावरणीय संरक्षणको नयाँ चरणको थालनी गरेको बताउँदै, सरसफाईले मात्र होइन, जलवायु परिवर्तनको प्रभावलाई पनि सम्बोधन गर्नुपर्छ भन्ने सन्देश दिनुभयो। उहाँले स्थानीय युवाहरूमा सामाजिक जिम्मेवारी र पर्यावरणप्रतिको जागरूकता बढाउन यस्ता अभियानहरूको आवश्यकता रहेको बताउनुभयो।

बित्थड चिर गाउँपालिका उपाध्यक्ष धनलक्ष्मी मल्लले यो अभियानले गाउँपालिकाको ध्यानाकर्षण गराएको बताउँदै, फोहोर व्यवस्थापनलाई स्थानीय सरकारको प्राथमिकतामा राखिने कुरा बताउनुभयो। साथै जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न र वातावरणीय सन्तुलन कायम गर्न फोहोर व्यवस्थापनको महत्त्वमा जोड दिनुभयो। उहाँले गाउँपालिकाले फोहोर व्यवस्थापनको लागि ठोस कदम चाल्न सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अभियानका अभियन्ता कपिल बिष्टले बित्थड चिर गाउँपालिकाले हालसम्म फोहोर व्यवस्थापनका लागि आवश्यक कदम नचालेको उल्लेख गर्दै, बजारमा उठ्ने फोहोर व्यवस्थापनका लागि डम्पिङ साइटको तत्काल व्यवस्था गर्नुपर्ने कुरामा जोड दिनुभयो। उहाँले बजार सरसफाईबाट सङ्कलित फोहोरलाई प्रतीकात्मक रूपमा गाउँपालिका उपाध्यक्षलाई हस्तान्तरण गर्दै स्थानीय सरकारलाई सचेत गराउनुभयो।

कार्यक्रमले सरसफाई र जलवायु परिवर्तन जस्ता महत्त्वपूर्ण मुद्दाहरूमा स्थानीय तह र समुदायलाई सचेत बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ। युवाहरूमा सामाजिक जिम्मेवारीको भावना बढाउन र भविष्यका वातावरणीय चुनौतीहरू सामना गर्न सक्रिय बनाउने उद्देश्यले आयोजना गरिएको यो अभियान सफलतापूर्वक सम्पन्न भएको छ।

विद्यार्थी, स्थानीय तथा अन्य सरोकारवाला निकायद्वारा सरसफाइ गर्दै गरेको तस्वीर 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज