Advertisement

कैलालीको जोशीपुरमा पथरैया सिँचाई प्रणाली जल उपभोक्ता संस्थाको २४ औं साधारण सभा सम्पन्न

Advertisement

धनगढी – पथरैया सिँचाई प्रणाली जल उपभोक्ता समितिका अध्यक्ष जंग बहादुर थारुको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास राज्य मंत्री निर्मला साउद रहनुभएको थियो । त्यसैगरी जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरी, रानी जमरा कुलरिया सिँचाइ प्रणाली मूल समितिका अध्यक्ष तथा राष्ट्रिय सिँचाई महासंघका प्रतिनिधी कुमार राज शाही, बर्दगोरिया गाउँपालिका वडा नं ५ का वडाध्यक्ष भोलेराम दहित, इन्जिनियर करण धामी, कैलाली बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष यमराज जोशी लगाएत बिभिन्न संघसंस्थाका प्रतिनिधी,सिँचाई प्रणाली शाखा, प्रशाखा, आउटलेट समितिका पदाधिकारी, साधारण सभा सदस्य, उपभोक्ता किसान लगायत बरघर भलमंशा, समाजसेबी, पत्रकारहरुको उपस्थिति रहेको थियो।

 

 

जोशीपुर खासगरी भौगोलिक रूपमा खेतीयोग्य जमिन भएको क्षेत्र हो। जसको लागि सिँचाइ सुविधा अति महत्वपूर्ण छ, जुन पथरैया सिँचाई प्रणालीले २ ओटा शाखा नहर,६ ओटा प्रशाखा नहर र ७८ ओटा आउटलेट बाट करिब २६१० हेक्टर कृषियोग्य जमिनमा सिँचाई सुबिधा उपलब्ध गराउँदै आएको छ। सिंचाई सुविधाबाट कृषी प्रणालीमा सुधार, बाली विविधीकरण र नगदे बालीको विकास यस पथरैया सिँचाई प्रणाली जल उपभोक्ता संस्थाको उच्च प्राथमिकता रहेको तर पछिल्लो समयमा लागत कट्टा र सभाहल संस्थाको दुई मुख्य आवस्यकता देखिन्छ जसले काम गर्न सहज होस् भन्दै सम्बन्धीत निकायको ध्यानाकर्षण गराउँदै उपभोक्ता समितिका उपाध्यक्ष ओम राज विनाडीले स्वागत् मन्तव्य राख्दै भन्नुभयो।

 

संस्थाका कोषाध्यक्ष द्वारा चालू आर्थिक वर्षमा भएका उपलब्धी, मर्मत सम्भार तथा निर्माण कार्यहरु,समस्या,चुनौती र प्राथमिकता दिइएने योजनाका साथै आ.व २०८०/८१ को १ करोड १ लाख २६ हजार ८९ रुपैयाँ ७० पैसको

आर्थिक प्रतिवेदन साथै प्रस्तूत गरिएको थियो।

 

रघुनाथ आदर्श बहुमुखी क्याम्पसका प्रमुख निर्प बहादुर कुँवरले कार्यक्रममा बोल्दै किसानका समस्यालाई भाषणमा मात्रै सीमित नराखी किसानका समस्यालाई निराकरण तर्फ सम्बन्धीत निकाय तत्पर रहन आग्रह गरेकाछन्। त्यसैगरी कैलाली बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष यमराज जोशीले जोशीपुर ३० हजार जनताले उपभोग गर्ने यस योजनामा गाउँपालिका लगानी शून्य भएको भन्दै दुःख व्यक्त गरेका छन्। सरकारको नेतृत्व गर्ने व्यक्तिले आफ्ना जनताको आवश्यकतालाई बुझेर दीर्घकालीन र प्राथमिकताका योजनामा सहयोग गर्नुपर्ने र नेतृत्वमा भिजन दृष्टिकोण र दीर्घकालीन सोच राम्रोहुनुपर्ने बताएकाछन् ।

 

कार्यक्रममा पथरैया सिँचाई प्रणाली नहरको परिकल्पनाकार तथा स्थापना कालमा नहर ल्याउन अमूल्य योगदान पुर्याएका स्व.मा.निर्मल कुमार श्रेष्ठ, स्व. पूर्व प्रधानपञ्च बालासिंह बम, स्व.पूर्व प्रधानपञ्च आशाराम कुशमी, स्व. पर्शुराम महतो तथा पूर्व अध्यक्ष हीरा सिंह खड्काको परिवारलाई सम्मान गरिएको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथी एबम् सुदुरपश्चिम प्रदेश सरकारको भाैतिक पूर्वाधार विकास मंत्री निर्मला साउदले सत्ता समीकरण र सरकार फेरबदलका कारण बजेट निर्माणमा ढिलाई भएकै हो, तर संस्थामा आबद्ध हरेकले दलिय कुण्ठित बिचारबाट माथि उठेर काम गर्दै जान आग्रह गर्दै

पथरैया सिँचाई प्रणालीको आवश्यकता प्रदेश सरकार सम्म पुगाउने र आफुले भ्याएसम्म पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउनु भएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज