Advertisement

बझाङका सबै स्वास्थ्यकर्मी सम्मानित

Advertisement

बझाङ : बझाङ जिल्लामा रहेका स्वास्थ्य संस्थाको वार्षिक समीक्षा कार्यक्रम आज सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यालय बझाङको आयोजनामा जिल्ला अस्पताल लगायत १२ वटै गाउँपालिकाका स्वास्थ्य चौकी र वडास्तरमा सञ्चालन हुँदै आएका स्वास्थ्य संस्थाको समीक्षा कार्यक्रम तीनदिन अघि देखि जिल्ला समन्वय समितिको हलमा सञ्चालन भएको थियाे । कार्यक्रममा बझाङका स्वास्थ्य संस्थाको समीक्षा कार्यक्रम सुरु भएको भन्दै गाउँपालिका स्तरमा ०८०/८१ मा भएका कामको लेखाजोखा सहित आगामी याेजना तर्जुमा समिक्षा भएको हाे ।

तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा सबै पालिकाका स्वास्थ्य शाखाले एक वर्षमा भएका स्वास्थ्य क्षेत्रको प्रगति, भोगिएका समस्या, समाधानका लागि अगाडि बढाएका कदमको विवरण प्रस्तुत गरिनुका साथै विभिन्न विकास साझेदार संघसस्थाका राय सुझाव र चुनौती प्रस्तुत गरिएको थियो ।

आज कार्यक्रमको अन्तिम दिन सबैबाट आआफ्नो प्रतिवेदन सार्वजनिक गरेर जिल्लाकै उत्कृष्ट पालिकालाई घोषित गरिनुका साथै स्वास्थ्य क्षेत्रमा राम्रो काम गर्ने स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी र  विकास साझेदार संघ संस्थालाई सम्मान गरिएको छ ।

जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण बिष्टको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी अाेमप्रशाद भट्टराई प्रमुख अतिथि हुनुहुन्थ्यो । स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीको समापन कार्यक्रममा स्वास्थ्य सेवा प्रवाह तथा स्वास्थ्य कार्यक्रम सम्बन्धी सूचकहरुको आधारमा मुल्यांकन गरि प्रथम छबिसपाथिभेरा र जयपृथ्वी नगरपालिका भएको हाे ।

यसै बिच थलारा गाउँपालीका द्धितिय र तृतिय बुंगल नपालाई पुरस्कृत गरिएको छ । भने स्वास्थ्य क्षेत्रको आधार स्तम्भको रुपमा समुदायमा निरन्तर क्रियाशिल दुर्गाथली गाउँपालिका वडा नम्बर ४ मा कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका हर्कुदेवी जोशीलाई पनि सम्मान गरिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरिक्षक नारायण जोशीले बताउनुभयो ।

यस्तै स्वास्थ्य संस्थामा गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह, प्रभावकारिता र दिगोपनाका लागि उत्कृष्ट कार्य सम्पादन वाफत जिल्लाका १२ वटै स्थानीय तहमा रहेका स्थानीय स्वास्थ्य स्ंस्थामा कार्यरत २७ जना स्वास्थ्यकर्मी र स्वास्थ्य कार्यालयमा कार्यरत पाँच जना कर्मचारीलाई सम्मानित गरिएको छ । त्यस्तै बझाङ जिल्ला रही स्वास्थ्य क्षेत्र सहयोग र सहजीकरण गरिरहेका १० वटा विकास साझेदार संघ संस्थालाई पनि प्रसंसा पत्र प्रदान गरिएको छ ।

त्यस्तै स्वास्थ्य क्षेत्रमा विगत लामो समय देखि गुणस्तरिय चिकित्सकिय सेवा र विरामीको हेरचाहमा उल्लेखनिय योगदान जिल्ला अस्पतालका डाक्टर सिद्धराज रोकाया, डाक्टर पदमराज जोशी, वरिष्ठ अस्पताल नर्सिङ निरिक्षक सुनिता खत्री र अनमी सत्य कुमारी खड्कालाई पनि सम्मानित गरिएको स्वास्थ्य कार्यालय बझाङका जनस्वास्थ्य निरीक्षक दीपक ऐडिले बताउनुभयो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज