Advertisement

साताभर वर्षाको सम्भावना, बिहीबारदेखि अझ धेरै वर्षा हुने

Advertisement

केही समय सुस्ताएको मनसुन फेरि सक्रिय भएको छ । जसअनुसार मंगलबारदेखि साताभर वर्षाको सम्भावना रहेको छ । बिहीबारदेखि शनिबारसम्म भने देशभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘मंगलबार दिउँसोदेखि बादल लागेर वर्षा हुन्छ, शनिबारम्म वर्षाको सम्भावना छ,’ मौसमविद् गोविन्द झाले भने, ‘बंगालआसपास बनिरहेको न्यूनचापीय प्रणाली उत्तर पश्चिमतिर सर्दै छ । स्थानीय वायुको पनि असर र मनसुनी प्रभावका कारण वर्षा हुन लागेको हो ।’

बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण मंगलबार दिउँसोदेखि देशभर बादल लाग्नेछ । दिउँसो लुम्बिनीका पश्चिमी भूभाग तथा सुदूरपश्चिमका तराईका धेरै स्थानमा हल्का वर्षा तथा केही स्थानमा मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णालीका केही स्थानमा पनि वर्षा हुने देखिएको छ ।

बुधबार सातवटै प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिमका थोरै तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको पनि चेतावनी दिइएको छ । सुदूरपश्चिमका एक–दुई स्थानमा धेरै भारी वर्षाको आकलन महाशाखाले गरेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी का तराई तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्ने देखिन्छ ।

बिहीबारदेखि शनिबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै तथा कोशीका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको मौसमविद् झाले बताए । कोशी प्रदेश, बागमती, गण्डकी, लुम्बिनी का तराई तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्ने आकलन छ ।

गर्मी घट्ने, धानबालीलाई असर गर्न सक्ने
मनसुन कमजोर बनेर देशभर गर्मी बढिरहेका वेला मंगलबारदेखि भने वर्षा हुने भएको हो । सोमबार जनकपुरको अधिकतम तापक्रम ४०.६ डिग्रिसेल्सियस पुगेको थियो । तर, मंगलबारदेखिको वर्षाले तापक्रम घटाउने र जनजीवनमा केही राहत हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बताए । अब हुने वर्षाले पाक्न लागेको धानबालीलाई भने असर पु¥याउने देखिएको छ । कृषि मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले ठूलो वर्षा भएमा धानलाई क्षति पुग्न सक्ने बताए । ‘जेठ मध्यमा रोपेको धान थन्क्याउने वेला भइसक्यो, वर्षा भएमा क्षति गर्छ, अहिलेको वर्षाले धान झर्ने, पाकेको बाली समयमा थन्काउन नपाएमा उत्पादन घट्ने समस्या हुन सक्छ,’ वरिष्ठ कृषि अर्थविद्समेत रहेका जोशीले भने ।

गर्मी बढेपछि विद्यालयमा बिहानी कक्षा सञ्चालन
लहान/
गर्मी बढेपछि सिराहाको गोलबजार नगरपालिका– ११ आशोपुर बल्कवामा वडा कार्यालयको अनुरोधमा वडा क्षेत्रका विद्यालयमा बिहानी कक्षा सञ्चालन गरिएको छ । एक सातायता बढ्दै गएको गर्मीले विद्यार्थीलाई विद्यालय आउन, पठनपाठनमा सहभागी हुन र शिक्षकहरूलाई शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न असहज भएकाले वडा क्षेत्रका सामुदायिक, निजी र धार्मिक विद्यालयमा बिहानी कक्षा सञ्चालन गर्ने निर्णय गरिएको गोलबजार– ११ का वडाध्यक्ष सोहेब अनवरले जानकारी दिए । ‘बढ्दो गर्मीले बालबालिकामा स्वास्थ्य समस्या देखिने जोखिम बढ्यो,’ उनले भने, ‘त्यसले शिक्षण सिकाइ क्रियाकलापसमेत प्रभावित हुने भएपछि बिहानी कक्षा चलाउने निर्णय गरेका हौँ ।’ एक हप्तादेखि सिराहाका विभिन्न ठाउँमा मध्याह्नतिर औसत तापक्रम ३७ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज