Advertisement

विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज नेपाल र क्यानडा भिड्दै

Advertisement

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज नेपालले घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्ड, किङ्ग सिटीमा खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुने छ ।

नेपालले सिरिजमा कम्तीमा ६ अंक जोड्ने लक्ष्य राखेपनि सुरुवाती २ खेल गुमाएको नेपालले अपेक्षित नतिजा हात पार्न सकेको छैन । पहिलो खेलमा क्यानडासँग ब्याटिङ र बलिङमा पूरै खराब प्रदर्शन गर्दै नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । क्यानडाविरुद्ध हालसम्म ४ ओडीआई खेलेको नेपालका लागि उत्तर अमेरिकी टोलिविरुद्ध बेहोरेको यो नै पहिलो हार हो ।

 

दोस्रो खेलमा ओमानविरुद्ध ३ परिवर्तनसहित मैदान उत्रिएपनि नेपाल १ विकेटले पराजित भएको थियो । यस खेलमा नेपालले केही सुधारिएको प्रदर्शन गरेपनि जित हासिल गर्न सकेको थिएन । गुल्सन झाले अर्धशतक प्रहार गर्दै पाँच विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपालका लागि एकै खेलमा अर्धशतक प्रहार गर्दै पाँच विकेट पूरा गर्ने उनी पहिलो खेलाडी बनेका थिए ।

कप्तान रोहित पौडेलले पनि अर्धशतकीय योगदान दिएका थिए । घरेलु सिरिजमा गरेको खराब प्रदर्शन र क्यानडा भ्रमणमा पनि सोही गल्ती दोहोर्‍याएपछि लिग २ मा नेपालका लागि चुनौती थपिएको छ । नेपाललाई लिग-२ को शीर्ष ४ मा अटाउन यसै खेलमार्फत पुनरागमन गर्नु पर्ने आवस्यकता छ । किङ सिटीको पीच फास्ट बलरका लागि अनुकुल छ । तर नेपालको फास्ट बलिङर ब्याटिङ चल्न सकेको छैन । प्रशिक्षक मोन्टी देशाई र कप्तान रोहित आज आफ्नो टिमबाट सुधारिएको फास्ट बलिङर ब्याटिङको अपेक्षा गर्ने छन् ।

लिग २ को आफ्नो दोस्रो सिरिज खेलिरहँदा ६ मध्ये केबल १ जित हात पारेको नेपाल २ अंक सहित पुछारबाट दोस्रो स्थानमा छ । १० खेलमा १२ अंक जोडेको घरेलु टोली क्यानडा १२ अंकसहित दोस्रो स्थानमा छ । घरेलु सिरिजमा अपराजित क्यानडा यो खेल जित्दै लिग २ को शीर्ष स्थानमा उक्लिने लक्ष्यमा हुने छ ।Kamanatoday

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज