Advertisement

मेटमणिविरुद्ध देशद्रोहको मुद्दा चलाउन एमालेको माग

Advertisement

नेकपा (एमाले)का सांसदले एकीकृत समाजवादीका उपमहासचिव तथा सांसद मेटमणि चौधरीविरुद्ध देशद्रोहको मुद्धा लगाउन माग गरेको छ ।

चौधरीले अघिल्लो साता एक मिडियामा दिएको अभिव्यक्ति राष्ट्रहित प्रतिकूल रहेको जिकिर गर्दै आज प्रतिनिधिसभा बैठकमा एमाले सांसद सूर्यप्रसाद ढकालले त्यस्तो माग गरेका हुन् ।

चौधरीले ‘कालापानी र लिपुलेक भारतको भूगोलमा पर्छ, भारतको दावी पुग्छ’ भन्ने अभिव्यक्ति दिएका थिए । यस सम्बन्धमा एकीकृत समाजवादीले स्पष्टीकरण सोधेकोमा उनले लिखित जवाफ पेश गर्दै ‘ती भूगोल नेपालमै पर्छ’ भन्न खोजेको तर जिब्रो चिप्लिएको बताएका थिए ।

एमाले सांसद ढकालले आजको प्रतिनिधि सभामा सोही कुरा उठाउँदै राष्ट्रघाती अभिव्यक्ति दिनेलाई देशद्रोहीको मुद्धा लगाउन माग गरेका हुन् ।

‘एक जना माननीयले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हैन, यो भारतको हो, भारतको दावी जायज छ भनेको सनियो’, उनले भने, ‘यो संविधानविरोधी र गैरजिम्मेवारी अभिव्यक्तिप्रति म खेद व्यक्त गर्न चाहन्छु । यो अभिव्यक्ति राष्ट्रघाती कुरा हो । संविधानविरोधी कुरा हो । देशद्रोही कुरा हो । सदनबाट सर्वसम्मत पास भएको, संविधान संशोधन गरेर अनुसुचीमा उल्लेख भएको विषयलाई नेपालको भूगाग हैन भनेर गैरजिम्मेवार अभिव्यक्ति दिनेलाई देशद्रोहीको मुद्धा लगाउन माग गर्छु ।’

उनले सभामुख देवराज घिमिरेलाई पनि यो विषयमा गम्भीर हुन आग्रह गरे । भने, ‘यो विषयालाई सदनले पनि गम्भीर रुपमा लिएर छानविन गरोस् ।’

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज