Advertisement

नेपाल भारत साहित्यिक सम्मेलन तथा काव्य गोष्ठी २०८१ सम्पन्न

Advertisement

कञ्चनपुर : गुगुल्डि वाङमय प्रतिष्ठान, कञ्चनपुर तथा बुलन्दी साहित्यिक सेवा समिति भारतको संयुक्त आयोजनामा नेपाल भारत साहित्यिक सम्मेलन तथा काव्य गोष्ठी २०८१ सम्पन्न भयेको छ। यही भाद्र २९गते शनिबारका दिन महेन्द्रनगरमा आयोजित सम्मेलनमा नेपाल तथा भारतका एक सय बढी साहित्यकारहरूको सहभागिता रहेको सम्मेलन गुगुल्डि वाङमय प्रतिष्ठानका अध्यक्ष वीरवहादुर चन्द विश्रामको अध्यक्षता तथा सुप विश्वविद्यालयका डिन प्रा डा मुकुन्द कलौनीको प्रमुख मुकुन्द कलौनीको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा पञ्चमराज भट्टले डोटी तथा कुमाउको सास्कृतिक सम्बन्धबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए भने गोष्ठी सत्रमा ५दर्जन बढी कविहरूका रचना वाचन गरिएका थिए। कार्यक्रममा प्रतिष्ठानका सचिव जगदीश ओझाले गुगुल्डि साहित्यिक मासिक पत्रिकाको इतिहास तथा योगदान एवम् नेपाल भारत साहित्यिक सम्मेलनको उद्देश्य प्रस्तुत गर्दै सहभागिहरूको स्वागत गरेका थिए। साहित्यकार रमेश पन्त मीतवन्धुले उदघाटन सत्र, कविराज भट्ट तथा बुलन्दी साहित्य सेवा समिति अध्यक्ष विवेक वादल बाजपुरीले काव्य गोष्ठी सत्रको कार्यक्रम सञ्चालन गरेका थिए। सोही समारोहमा साहित्यकार मनिराज जोशी धनगढी र धर्मराज जोशी धनगढीलाई क्रमसः गुगुल्डि न्वाकी सम्मान र कौसल्या कु देवी कर्णबहादुर सिह स्मृति सम्मानद्वारा सम्मानित गरिएको थियो।

कार्यक्रमकै अवसरमा साहित्यकार दिलानन्द पन्तका छोरा लोकराज पन्तले एकलाख पच्चिस हजारको साहित्यिक पुरस्कार अक्षयकोष स्थापनार्थ रकम गुगुल्डि वाङमय प्रतिष्ठानका अध्यक्ष वीरवहादुर चन्द विश्रामलाई हस्तान्तरण गर्नु भयेको थियो। काव्य गोष्ठीका अवसरमा आयोजक संस्थाहरूका तर्फबाट नेपाल तथा भारतका ६०जना साहित्यकारहरूलाई साहित्य गौरव सम्मान प्रदान गरिएको थियो। पुस्तान्तरण तथा युवा प्रोत्साहन गर्न २दर्जन बढी विद्यार्थीहरूले रचना वाचनको अवसर प्राप्त गरेको उक्त कार्यक्रममा तीन जना साहित्यकारहरूलाई गुगुल्डि वाङमय प्रतिष्ठानको सदस्यता प्रदान गरिएको थियो ।

डोट्याली भाषाको साहित्यिक मासिक पत्रिका गुगुल्डिले निरन्तर प्रकाशनका २७ वर्ष पुरा गर्दै गरेको र हालै भाषा आयोगबाट समेत सम्मानित पत्रिकाको तथा यस क्षेत्रको भाषा साहित्य, कला संस्कृतिको प्रवर्द्धनका लागि स्थापित गुगुल्डि वाङमय प्रतिष्ठानले साहित्यिक माध्यमबाट नेपाल भारतको सम्बन्ध सुदृढ गर्ने तथा साहित्यकारहरूको बिचमा साहित्यिक सास्कृतिक सम्बन्ध सुदृढीकरण गर्ने उद्देश्यले आयोजित यस कार्यक्रम आयोजना गरिएको कुरा प्रतिष्ठानका सचिव जगदीश ओझाले बताउनु भयो। यस्ता कार्यक्रमले सहकार्यको संस्कृति बिकास हुने, एक आपसी सदभाव बढने तथा सिकाइ समेत हुने भयेकाले कार्यक्रम आयोजनाको निरन्तरता रहि रहनु पर्ने कुरा कार्यका सहभागी प्रेमप्रकाश कलौनी तथा खीमानन्द बडूले बताउनु भयो। त्यस्तै अग्रजहरू माझ आफ्ना प्रस्तुति राख्न पाउदा अत्यन्तै खुसी र गौरव लागेको कुरा युवा कविहरूले अभिव्यक्त गरेका छन।

काव्य गोष्ठीमा नेपाली, हिन्दी, डोट्याली, लगायतका भाषामा प्रस्तुत भयेका गीत, गजल, कविता, मुक्तक, लोकगीतहरूले कार्यक्रम मनोरञ्जक तथा प्रेरक रहेको कुरा साहित्यकार मीना पन्तले बताउनु भयेको बताए। कार्यक्रमको उत्कृष्टता लागि प्रमुख अतिथिले सराहना गरेका थिए भने साहित्यिक सम्मेलन अत्यन्तै भब्यताका साथ सम्पन्न भयेकोमा आयोजक संस्थाका अध्यक्षहरूले सम्बन्धित सबैलाई धन्यवाद ब्यक्त गरेका थिए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज