Advertisement

नेपाल भारत साहित्यिक सम्मेलन तथा काव्य गोष्ठी २०८१ सम्पन्न

Advertisement

कञ्चनपुर : गुगुल्डि वाङमय प्रतिष्ठान, कञ्चनपुर तथा बुलन्दी साहित्यिक सेवा समिति भारतको संयुक्त आयोजनामा नेपाल भारत साहित्यिक सम्मेलन तथा काव्य गोष्ठी २०८१ सम्पन्न भयेको छ। यही भाद्र २९गते शनिबारका दिन महेन्द्रनगरमा आयोजित सम्मेलनमा नेपाल तथा भारतका एक सय बढी साहित्यकारहरूको सहभागिता रहेको सम्मेलन गुगुल्डि वाङमय प्रतिष्ठानका अध्यक्ष वीरवहादुर चन्द विश्रामको अध्यक्षता तथा सुप विश्वविद्यालयका डिन प्रा डा मुकुन्द कलौनीको प्रमुख मुकुन्द कलौनीको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा पञ्चमराज भट्टले डोटी तथा कुमाउको सास्कृतिक सम्बन्धबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए भने गोष्ठी सत्रमा ५दर्जन बढी कविहरूका रचना वाचन गरिएका थिए। कार्यक्रममा प्रतिष्ठानका सचिव जगदीश ओझाले गुगुल्डि साहित्यिक मासिक पत्रिकाको इतिहास तथा योगदान एवम् नेपाल भारत साहित्यिक सम्मेलनको उद्देश्य प्रस्तुत गर्दै सहभागिहरूको स्वागत गरेका थिए। साहित्यकार रमेश पन्त मीतवन्धुले उदघाटन सत्र, कविराज भट्ट तथा बुलन्दी साहित्य सेवा समिति अध्यक्ष विवेक वादल बाजपुरीले काव्य गोष्ठी सत्रको कार्यक्रम सञ्चालन गरेका थिए। सोही समारोहमा साहित्यकार मनिराज जोशी धनगढी र धर्मराज जोशी धनगढीलाई क्रमसः गुगुल्डि न्वाकी सम्मान र कौसल्या कु देवी कर्णबहादुर सिह स्मृति सम्मानद्वारा सम्मानित गरिएको थियो।

कार्यक्रमकै अवसरमा साहित्यकार दिलानन्द पन्तका छोरा लोकराज पन्तले एकलाख पच्चिस हजारको साहित्यिक पुरस्कार अक्षयकोष स्थापनार्थ रकम गुगुल्डि वाङमय प्रतिष्ठानका अध्यक्ष वीरवहादुर चन्द विश्रामलाई हस्तान्तरण गर्नु भयेको थियो। काव्य गोष्ठीका अवसरमा आयोजक संस्थाहरूका तर्फबाट नेपाल तथा भारतका ६०जना साहित्यकारहरूलाई साहित्य गौरव सम्मान प्रदान गरिएको थियो। पुस्तान्तरण तथा युवा प्रोत्साहन गर्न २दर्जन बढी विद्यार्थीहरूले रचना वाचनको अवसर प्राप्त गरेको उक्त कार्यक्रममा तीन जना साहित्यकारहरूलाई गुगुल्डि वाङमय प्रतिष्ठानको सदस्यता प्रदान गरिएको थियो ।

डोट्याली भाषाको साहित्यिक मासिक पत्रिका गुगुल्डिले निरन्तर प्रकाशनका २७ वर्ष पुरा गर्दै गरेको र हालै भाषा आयोगबाट समेत सम्मानित पत्रिकाको तथा यस क्षेत्रको भाषा साहित्य, कला संस्कृतिको प्रवर्द्धनका लागि स्थापित गुगुल्डि वाङमय प्रतिष्ठानले साहित्यिक माध्यमबाट नेपाल भारतको सम्बन्ध सुदृढ गर्ने तथा साहित्यकारहरूको बिचमा साहित्यिक सास्कृतिक सम्बन्ध सुदृढीकरण गर्ने उद्देश्यले आयोजित यस कार्यक्रम आयोजना गरिएको कुरा प्रतिष्ठानका सचिव जगदीश ओझाले बताउनु भयो। यस्ता कार्यक्रमले सहकार्यको संस्कृति बिकास हुने, एक आपसी सदभाव बढने तथा सिकाइ समेत हुने भयेकाले कार्यक्रम आयोजनाको निरन्तरता रहि रहनु पर्ने कुरा कार्यका सहभागी प्रेमप्रकाश कलौनी तथा खीमानन्द बडूले बताउनु भयो। त्यस्तै अग्रजहरू माझ आफ्ना प्रस्तुति राख्न पाउदा अत्यन्तै खुसी र गौरव लागेको कुरा युवा कविहरूले अभिव्यक्त गरेका छन।

काव्य गोष्ठीमा नेपाली, हिन्दी, डोट्याली, लगायतका भाषामा प्रस्तुत भयेका गीत, गजल, कविता, मुक्तक, लोकगीतहरूले कार्यक्रम मनोरञ्जक तथा प्रेरक रहेको कुरा साहित्यकार मीना पन्तले बताउनु भयेको बताए। कार्यक्रमको उत्कृष्टता लागि प्रमुख अतिथिले सराहना गरेका थिए भने साहित्यिक सम्मेलन अत्यन्तै भब्यताका साथ सम्पन्न भयेकोमा आयोजक संस्थाका अध्यक्षहरूले सम्बन्धित सबैलाई धन्यवाद ब्यक्त गरेका थिए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज