Advertisement

कञ्चनपुरको दोधरा चाँदनीका बाढी पीडितको बिचल्ली

Advertisement

कञ्चनपुर । गत असारको बाढीले घरमा क्षति पुर्याए पछि विस्थापित  भएका कञ्चनपुरको दोधारा चाँदनी ३ पटेराखल्लाका बासिन्दा फेरि बिचल्लीमा परेका छन । असारमा क्षति भएको घर मर्मत गरेर जेनतेन फर्किरहेका पटेराखल्लावासी राम्ररी पुनःस्थापित हुन पाउँदै शुक्रबार फेरि विस्थापित भएका हुन । असार अन्तिम साताको भीषण वर्षासँगै जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि पटेराखल्लाका २७ परिवार विस्थापित भएका थिए । करिब एक महिनासम्म उनीहरू नजिकैको जमुना आधारभूत विद्यालयमा बसे । बाढीले भत्केका घर मर्मत गरेर र हिलो हटाएर उनीहरू घरमा बस्न थालेका थिए । पानी पर्दा भने फेरि उनीहरू विद्यालयमै बास बस्थे ।

शुक्रबार जोगबुडाको बाढी फेरि बस्ती पसेपछि दोधारा चाँदनी ३ पटेराखल्लाका सबै परिवार विस्थापित भएका हुन् । उनीहरू अहिले नजिकैको जमुना आधारभूत विद्यालयमा बसिरहेका छन् । ‘पटेराखल्लाका बासिन्दा फेरि विस्थापित भएका छन्, यो ठाउँ नै जोखिममा छ,’ वडा ३ का अध्यक्ष हरिसिंह धनाडीले भने, ‘यो बस्तीलाई सुरक्षित स्थानमा सार्ने विषयमा पनि छलफल भइरहेको छ ।’ उनका अनुसार असार अन्तिम साताको बाढीले खाद्यान्नसँगै लुगाकपडा र खेतीपाती सबै नोक्सान भएको थियो ।पहिलेको बाढीले विस्थापन गरेको बेला बर्खे बिदा भएका कारण विद्यालय बन्द थियो । तर अहिले विद्यालय सञ्चालनमा भएका कारण लामो समयसम्म त्यहाँ आश्रय लिन सक्ने अवस्था छैन ।

पटेराखल्लासँगै जिल्लाका अन्य स्थानमा पनि ठूलो संख्यामा विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबारको बाढीले जिल्लाभर ३ सय ७ परिवार विस्थापित भएका छन् । दोधारा चाँदनी १० कुतियाकभर, शान्तिटोल, निशानी टोल र वडा ८ को सुन्दरनगर बस्ती डुबानमा परेका थिए । उक्त क्षेत्रमा एक सयभन्दा बढी परिवार विस्थापित भएका छन् । भुजेला खोला बस्तीमा पस्दा भीमदत्त नगरपालिका ११, १२ र १३ का ५० परिवार विस्थापित भएका छन् । बेलडाँडी, बेलौरी र पुनर्वास क्षेत्रमा पनि विस्थापित अझै घर फर्किन नसकेको जिल्ला प्रहरीका प्रहरी निरिक्षक ईश्वर थापाले बताए ।

वर्षा रोकिएसँगै महाकालीलगायत अन्य नदीको बहाव घटेको छ । तर अझै पनि बस्तीको डुबान कम भइसकेको छैन । प्रहरीका अनुसार शुक्रबार ४ लाख ६१ हजार क्युसेक पुगेको महाकालीको बहाव शनिबार २ लाखमा झरेको छ ।

धनगढी खबर 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज