Advertisement

२४ घण्टामा एक करोड ९७ लाख सब्सक्राइबर पाएर रोनाल्डोले राखे गिनिज बुकमा नाम

Advertisement
  1. १२ भदौ, धनगढी – २४ घण्टाको अवधिमा सबैभन्दा बढी सब्सक्राइबर पाएपछि स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम राखेका छन् । गत साताको मङ्गलवारदेखि युट्युब च्यानल सञ्चालनमा ल्याएका रोनाल्डोले २४ घण्टामा सर्वाधिक सब्सक्राइबर पाउने क्रियटरको रेकर्ड बनाएका हुन् ।

 

रोनाल्डोले २४ घण्टामा एक करोड ९७ लाख २९ हजार ८२७ सब्सक्राइबर पाएर सो रेकर्ड राखेका हुन् ।

 

हुन त सब्सक्राइबरका सन्दर्भमा रोनाल्डोले कैयन् रेकर्ड कायम गरिसकेका छन् । तर, गिनिज बुक अफ वर्ल्ड रेकर्डले २४ घण्टामा सबैभन्दा बढी सब्सक्राइबर पाउने युट्युब च्यानलका रूपमा ‘यूआर क्रिस्टियानो’ लाई मान्यता दिएको हो ।

 

गिनिज वर्ल्ड रेकर्डले मङ्गलबार रोनाल्डोले रेकर्ड राखेको प्रमाणपत्र सार्वजनिक गरेको छ । प्रमाणपत्रमा फुटबल क्षेत्रका सुपरस्टार रोनाल्डो सामाजिक सञ्जालको पनि आइकन बनेको भन्दै प्रशंसा गरिएको छ ।

 

यो समाचार तयार पार्दासम्म उनको च्यानलमा चार करोड ९९ लाख बढी सब्सक्राइबर पुगिसकेका छन् ।

 

पोर्चुगलको राष्ट्रिय फुटबल टिम र साउदी अरेबियाको अल नासर फुटबल क्लबका कप्तान रोनाल्डो सामाजिक सञ्जालमा सबैभन्दा बढी फलोअर हुने व्यक्ति हुन् । इन्स्टाग्राममा उनका ६३ करोड ७० लाख फलोअर रहेका छन् । सन् २०२२ मा उनी इन्स्टाग्राममा ५० करोड फलोअर पूरा गर्ने पहिलो व्यक्ति बनेका थिए ।

 

त्यस्तै फेसबुकमा उनका १७ करोड र एक्समा उनका ११ करोड २० लाख बढी फलोअर रहेका छन् । सबै सामाजिक सञ्जालमा आएका फलोअरको सङ्ख्या जोड्ने हो भने झन्डै एक अर्ब पुग्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज