Advertisement

वडामा छैनन् वडाध्यक्ष र सचिव, न्यूज लेख्दा आरोप र धम्की

Advertisement

डोटि: डोटिको शिखर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष धिर्क बहादुर सिंहले कामना टेलिभिजनमा प्रकाशित समाचारको खण्डन गर्दै प्रतिकारमा उत्रीएका छन् ।

कामना टेलिभिजनले गत भदौ १० गते स्थानीय संग सरोकार कार्यक्रमद्वारा ´डोटीको शिखर नगरपालिका का वडाअध्यक्ष को रजगज , वडावासी भन्छन “चुनाव जितेपछि वडाअध्यक्ष को वडा कार्यलयमा मुख हेर्न पाएको छैनौ वडामा कुनै काम पर्यो कि वडाअध्यक्ष को घर जान पर्छ कि नगरपालिका । ” वडा कार्यालयमा नत वडाअध्यक्ष हुन्छन नत कर्मचारी नै हरिबिजोक ।` शिर्षकमा प्रशारण गरिएको समाचारको प्रतिकार गरेका हुन् ।
वडाध्यक्ष सिंहले कामना टेलिभिजन बाट प्रशारित उक्त भिडियोलाई र आफूमाथी लागेका आरोपलाई कमजोर बनाउन आफू निकटका व्यक्तीद्वारा सामाजिक संजालमा कामना टेलिभिजनका पत्रकारले आफ्ना विपक्षीद्वारा तेह्र लाख घुस खाएर समाचार लेख्को समेत आरोप लगाएका छन ।

को हुन् वडाध्यक्ष धिर्क बहादुर सिंह
स्थानीय तह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित बनेका धिर्क बहादुर सिंह शिखर नगरपालिकाका केही समय अघिका प्रवक्ता समेत थिए । नगरपालिकामा स्थानीयद्वारा दैनिक उनको बिरोध भएपछि उनले प्रवक्ताबाट राजिनामा दिन बाध्य समेत भएको खुलेको छ । स्थानीय तहको निर्वाचनमा प्रमुख प्रतिपक्षी पार्टी नेकपा एमालेका उम्मेदवार तेज बहादुर साउद संग ६५ मतले बिजयी बनेका सिंह निर्वाचित समय देखि वडामा गएका छैनन् । वडामा वडाध्यक्षको रोहवरमा लिनुपर्ने सेवा सुविधा र अन्य पत्रको लागि स्थानीयले कि त वडाध्यक्ष सिंहको घर कि त नगरपालिका धाउनुपर्ने स्थानीय बताउँछन् ।

कामना संवाददातालाई धम्किपुर्ण फोन
कामना टेलिभिजनका प्रबन्धक समेत रहेका भरत साउँद (आलोक) ले शिखर नगरपालिका वडा नम्बर छ मै स्थलगत रिपोर्ट गर्दा त्यताका जनताले वडाको बेथिति बारे भिडियोमै प्रष्ट भनेका छन् । स्थलगत रिपोर्टिङमा वडा कार्यालयमा वडा कार्यालय उदाङ्ग देखिन्छ । त्यता न कर्मचारी देखिन्छन् न त जनप्रतिनिधि नै । वडाबाट अत्यावश्यक सेवाको लागि आउने स्थानीय रित्तो कार्यालय हेरेर फर्किन्छन् । सबै कुरा कामना टेलिभिजनमा प्रशारित भिडियोमा हेर्न सकिन्छ तर भिडियो प्रशारण गरिसकेपछि वडाध्यक्ष सिंहले फोनमार्फत धम्किपुर्ण भाषा प्रयोग गरेका छन् । ´तपाईंको अफिसमै आएर तपाईं संग विशेष तरिकाले भेट्न चाहान्छु, यस्तो समाचार लेख्ने मेरो ?` भन्दै वडाध्यक्ष सिंहले कामनाका प्रबन्धक समेत रहेका भरत साउँदलाई समाचार प्रशारणमा अंकुश लगाएका छन् ।

वडाध्यक्ष सिंहको नियोजित आरोप
वडाध्यक्ष सिंहले कामनामा सो भिडियो प्रशारण भएपछि आफ्ना पार्टिका नजिकका कार्यकर्ता र आफन्तद्वारा सामाजिक संजालमा भ्रम फैलाएका छन । नगरप्रमुखले १३ लाख दिएर वडाध्यक्ष विरुद्ध न्यूज बनाउन लगाएको भन्ने भ्रम जनमानसमा फैलाईरहेका समेत छन । कामनाका प्रबन्धक समेत रहेका भरत साउँद (आलोक) लाई १३ लाख लिएर समाचार बनाएको हो ? भन्दा उहाँले भन्नेहरु जिम्मेवार पदको मान्छे भएको र उहाँले मैले पैसा लिएको प्रमाण नदिए म कानुनी प्रक्रियामा जाने समेत बताएका छन ।

जनप्रतिनिधि र प्रतिपक्षी नै वअडाध्यक्षको बचाउमा
शिखर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष धिर्क बहादुर सिंहको बचाउमा जनप्रतिनिधि र प्रतिपक्षि नै लागेका छन् । स्थानीय तह २०७९ मा शिखर नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसबाट बिजयी भएका दिपक बहादुर बोगटिले सामाजिक संजाल फेसबुक मार्फत ´१/३/६ मिसन पत्रकार १३ लाख काण्ड’ भन्दै लेखेका छन् । त्यस्तै स्थानीय तह शिखर नगरपालिकामा २०७९ मा नेकपा एमालेबाट पराजित भएका भिम बहादुर बलायरले सामाजिक संजालमा ´नगरपालिकाको कुनै पनि विषय बारे आलोचना हुन लाग्यो भने झोले पत्रकारिताको शरण लिएर स्पष्टीकरण दिने पत्रकार एवं पत्रकारिता क्षेत्रमाथि पनि पुन: ठूलो अन्याय गर्नु भएन र ? काम गर्ने कालू, मकै खाने भालू….प्रसंग १३ लाखको ?’ भन्दै परिचालित भएर लेखेको देखिन्छ । वडाध्यक्ष सिंहको बचाउमा लागिपरेका यिँ दुई जनाले परिचालित भएर स्टाटस लेखेको प्रष्ट बुझिन्छ । १३ लाख बारे कुनै प्रमाण भए उपलब्ध गराउन भनेर बारम्बार भिमबहादुर बलायर र वडाध्यक्ष सिंहलाई फोन गर्दा कुनै प्रतिक्रिया दिएका छैनन् ।

छैनन् वडामा सचिव
शिखर नगरपालिका वडा नम्बर ६ मा वडा सचिव नहुँदा स्थानीयलाई सास्ती भएको छ । वडा सचिव नहुँदा र वडाध्यक्ष कार्यालयमा नबस्दा सानो कामका लागि पनि दुई घन्टा हिँडेर नगरपालिका पुग्नुपर्ने स्थानीय बताउँछन् । पटक पटक सचिवलाई सरुवा गराउँदै बसेका वडाध्यक्ष सिहँ भने कार्यकर्ता र आफन्तद्वारा अफवाह फैलाउनमै व्यस्त देखिन्छन् ।

हेर्नुहोस् कामना टेलिभिजनले गरेको स्थलगत रिर्पोटको भिडियो

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज