Advertisement

दुई वर्षभित्र मुलुकको पहिचान झल्किने गरी विकासशील राष्ट्रमा स्तरोन्नति हुँदैछौँ : उद्योगमन्त्री भण्डारी

Advertisement

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दुई वर्षभित्र मुलुकको पहिचान झल्किने गरी अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने बताएका छन् । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै भण्डारीले मुलुकको उद्योग,व्यापार,वैदेशिक अनुदान,रोजगारी सिर्जना र अन्य नीतिहरूमा समेत काम गरिरहेको बताएका हुन् ।

मन्त्री भण्डारीले मन्त्रालयले वाणिज्य क्षेत्रका अहिलेका व्यापार नीतिहरूमा कूटनीतिक पहल गर्ने काम गरिरहेको बताए । सरकारले दुई वर्षभित्र मुलुकको पहिचान झल्किने गरी प्राथमिकताका साथ तयारीका गरी विकासशील राष्ट्रको सूचिमा सूचीकृत हुने तयारी गरेको उनको भनाई थियो ।

Shivam Cement

मन्त्री भण्डारीले भूपरिवेष्टित,वाणिज्य नीति,अन्तर्देशीय सम्झौता लगायतका समस्याका विषयमा विमस्टेकमा पनि स्पष्ट रूपमा धारणा राखेको बताए । उनले नेपाल अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा स्तरोन्नतिले पार्ने चुनौती र असरका दुवै रहेको बताए ।

Nabil bank

उनले भने, ‘मुलुकको अर्थतन्त्रमा कुनै बेलामा १३ प्रतिशत योगदान थियो । आज त्यो खुम्चिएर ४ देखि ५ प्रतिशतको आसपासमा पुगेको छ । मुलुकको उत्पादन र उत्पादकत्व घटेको छ । कृषिको योगदान घटेको छ । यसले मुलुकको जिडिपीमा जसरी वृद्धि हुनुपर्ने हो । त्यसरी बढ्न सकेन । यो विषयमा सरकार संवेदनशील छ । सरकारको नीति तथा कार्यक्रममा कृषि दशकको रूपमा घोषणा गरेको छ । त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र अहिलेको चुनौती पार गर्न सबैभन्दा पहिला प्राथमिकता उत्पादन र उत्पादकत्व वृद्धि गर्ने हो । त्यसमा दुई वटा क्षेत्रहरू कृषिमा आधारित उद्योगलाई प्रोत्साहन गरी आवश्यक नीतिहरूलाई परिमार्जनमा केन्द्रित हुनुपर्ने,उद्योगको योगदान जीडिपीमा बढाउनु पर्ने आवश्यकता छ । त्यसको लागि लगानीमैत्री वातावरण आजको आवश्यकता हो । अहिले मुलुकको व्यापार घाटा अर्थात् व्यापार असन्तुलन सन्तुलन कायम हुनसक्ने गरी सामना गरिरहेका छौँ । त्यसका आफ्नै खालका जटिलताहरू छन् । खुला सीमा हामीसँग छ । भूपरिवेष्टितका समस्या भएकाले विमिस्टेकमा पनि स्पष्ट रूपमा धारणा राखेका छौँ । टिफामा क्षेत्रीय स्तरमा गरिएका सम्झौताहरू छन् । मन्त्रालय ६ महिना र एक वर्षमा सुधारको केही तयारीहरू गरेको छ । मन्त्रालयका दैनिक आवश्यकताहरूका विषयमा प्रधानमन्त्रीले निर्देशन गर्नुभएको छ । मन्त्रालय वाणिज्य क्षेत्रका अहिलेका व्यापार नीतिहरूमा सरकारले गरेका कूटनीतिक पहल गर्नुपर्ने छ । सरकारले दुई वर्षभित्र मुलुकको पहिचान झल्किने गरी प्राथमिकता र तयारीका साथ विकासशील राष्ट्रको सूचिमा अग्रसर हुन सबै प्रकारका प्रयास गर्छ । त्यही अनुसार अगाडि बढेको छ ।’

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज