Advertisement

सुदूरपश्चिमको विकास र संवृद्धिमा प्रदेश प्रमुखको चासो, गौरवका आयोजनाबारे छलफल

Advertisement

कैलाली । सुदूरपश्चिम प्रदेशको विकास र संवृद्धिबारे प्रदेश प्रमुख नजिर मियाँसँग छलफल भएको छ।

एमाले केन्द्रीय सदस्य तथा युवा नेता ऐन महर, बुढिगंगा नगरपालिका बाजुराका मेयर रामबहादुर बानिया, बझाङका वडाध्यक्ष तथा अन्य सरोकारवालहरूले संयुक्त रुपमा प्रदेश प्रमुख मियाँसँग प्रदेशको विकारका विषयमा छलफल गरेका हुन् ।

एमाले नेता महरले सुदूरपश्चिम प्रदेशमा पर्याप्त सम्भावना हुँदा हुँदै पनि पर्याप्त विकास हुन नसेको बताएका थिए । उनले सेती लोकमार्ग हुँदै उरै नाका खोल्न सक्दा सुदूरपश्चिम प्रदेशको मात्रै नभई राष्ट्रिय अर्थतन्त्रमा नै महत्त्वपूर्ण योगदान पुग्ने बताए। यो सडक मार्फत भारतको राजधानी नयाँ दिल्लीलाई चीनको तिब्बतसँग छोटो दुरीमा जोड्न सक्ने महरको भनाइ थियो ।

केही समय अघि एमाले केन्द्रीय सचिव समेत रहेका पूर्व मन्त्री सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको नेतृत्वमा गएको सुदूरपश्चिम प्रदेशको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सुदूरपश्चिम प्रदेशको मुहार फेर्ने गरि विकासका गतिविधि अघि बढाउन आग्रह गरेको थियो । प्रधानमन्त्री ओलीकै पालामा सुदूरपश्चिम प्रदेशमा यस अघि उत्तर दक्षिण सडक, सुख्खा बन्दरगाह, औद्योगिक क्षेत्र निर्माण सुरु भएको भन्दै महरले फेरी ओली प्रधानमन्त्री भएपछि आसा पलाएको बताएका थिए ।

उनले प्रदेश गौरवका योजनाहरूमा प्रदेश सरकारले चासो दिनुपर्ने भन्दै विकास निर्माणमा प्रदेश प्रमुखबाट पनि अभिभावकीय भूमिकाको अपेक्षा गरेको बताए । नेता महरले आगामी आर्थिक वर्षको बजेट तयार हुँदै गर्दा प्रदेशको संवृद्धि केन्द्रित बजेट आउनु पर्नेमा जोड दिएका थिए । प्रदेश प्रमुख मियाँलाई उनले बझाङ हुँदै खप्तडको निम्तो समेत दिएका थिए ।

बुढिगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाले विकासका दृष्टिकोणले पछि परेका क्षेत्रहरूमा प्रदेश सरकारको बढि चासो हुनुपर्ने बताएका थिए । उनले

आफ्नो पालिकामा भइरहेका गतिविधिबारे प्रदेश प्रमुखलाई जानकारी गराउँदै आफू नमुना पालिका बनाउने उद्देश्यसहित अघि बढिरहेको बताए ।

प्रदेश प्रमुख मियाँले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूलाई विकास र संवृद्धि केन्द्रित गतिविधिलाई प्राथमिकतममा राख्न भनिसकेको बताएका थिए । उनले सेती लोकमार्ग, दिपायल खुटिया फास्ट ट्र्याक लगायतका विषयमा आफूले संघीय सरकारसँग पनि समन्वय गरिरहेको बताए । ‘पटक पटक हुने भेटघाटमा पनि मैले यहाँका विकास र संवृद्धिकै बारेमा चासो राख्दै आइरहेको छु ’ प्रदेश प्रमुख मियाँले भनेका थिए ‘सुदूरपश्चिम सुन्दर छ थोरै विकासले गति पाए सुनमा सुगन्ध थपिन्छ ।’

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज