बझाङमा “वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल , दलित सहयोग समाज र सब-डिभिजन बन कार्यालय बागथालाको सहकार्यमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएकाे छ ।
आज वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल र दलित सहयोग समाज द्वारा साझेदारी संचालित पोषण तथा उत्थानशिल जिबिकोपार्जन परियोजनाको अन्तर्गत भु- संरक्षण तथा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हाे ।

केदारस्यु गाउँपालिका वडा नम्बर २ को कोटिगाउ र ओखडगाउमा भेटिभर घाँस र अन्य बनस्पती बिरुवा रोपण गरिएको पोषण तथा उत्थानशिल जिबिकोपार्जन परियोजनाका फिल्ड अधिकृत रमेश मालिले बताउनु भयाे ।
साथै उहाँले कार्यक्रमको मुख्य उद्देश भु-क्षय, पहिरो नियन्त्रण गर्ने , जलवायू परिवर्तनलाई न्यूनीकरण गर्ने, उत्पादन समुहको आम्दानी वृद्धि गर्ने, साथै कृषी खेतिबालिमा लाग्ने किरा नियन्त्रण गर्नु का साथै माटोको उर्वरतामा वृद्धि गर्नु हो ।
भेटिवर बिरुवा एक फाईदा अनेक भएकाले गत बर्ष पनि केदारस्यु गाउँपालिकाको वडा ८ को मलेसिमा लगाएका थियौ। यस बर्ष वडा न. २,३,६,७ र ८ का गरि करिब १४ स्थानमा ३६००० भेटिवर स्लिप्स लगाईन्छ भन्ने ३५ सय बनस्पति बिरुवा जस्तै( ईपिलइपिल, कोइरालो,बकाईनो, चिउरी, तिमिर,अमला,खयर, लप्सी, मयुर पन्खी, मालुकाबोट,)लगाउने बताउनु भएको छ । बनस्पति बिरुवा चाहिँ सब- डिभिजन बन कार्यलयले सहयोग गरेको बताउदै रघुबिर कुवर सरलाई सहकार्यका लागि धन्यवाद दिनु भएको छ ।

सब डिभिजन बन कार्यलयका ईन्चार्ज रघुबिर कुवरले सहकार्यमा काम गर्न पाउँदा दलित सहयोग समाज र वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल लाई धन्यबाद ब्यक्त गर्नु भएको छ। उपभोतालाई बताउदै भन्नू भएको छ कि रमेश मालिले
“कमालको घाँस हो नि भेटिवर, आम्दानी पनि दिन्छ विपत्त पनि रोक्छ,”बहुआयामिक भेटिरवको प्रमुख आम्दानी जराबाट लिन सकिन्छ । जरा पेलेर तेल निकालेर भेटिवरको तेलबाट मनग्य आम्दानी हुने छ। भेटिवरबाट प्रत्यक्ष र परोक्ष दुबै किसिमले आम्दानी लिन सकिन्छ ।

खोला नदि किनारको कटान हुने डर भएको माटोको वरपर भेटिवर रोप्न सके त्यस भूमिलाई सहजै सदुपयोग गर्न सकिन्छ र त्यहाँबाट प्रशस्त आम्दानी लिन सकिन्छ । नेपालको खेतीयोग्य भूमिको कुरा गर्दा नेपालमा बाढीले बगरमा परिणत गरेको करिब पाँच लाख हेक्टर जग्गा छन्। खेती नगरी राखेको जग्गा उति नै छ।

भेटिभर घाँस खेतीको मद्दतबाट यो जग्गालाई सदुपयोगमा ल्याउन सकिन्छ बिरानो बगरलाई हरियाली बनाउन सकिन्छ । एकातिर किसानले राम्रो आम्दानी गर्न सक्ने छ्न भन्ने अर्कातिर रोजगारीको खोजीमा लाखौँ युवा विदेशिने क्रम भने रोकिने छ । दुवै समस्याको अन्त्य गर्ने एउटै मात्र उपाय हो भेटिवर घाँस ।

