Advertisement

सीपलाई सार्थकता दिन नेपाल वेस्टर्न एकेडेमीका विद्यार्थीबिच फुड कुकिङ प्रतिस्पर्धा गरियाे

Advertisement

विद्यार्थीले पढेर,सिकेर आर्जन गरेको सीपलाई सार्थकता प्रदान गर्न धनगढीको नेपाल वेस्टर्न एकेडेमीमा विएचएम फुड कुकिङ कम्पीटिसन सम्पन्न गरिएको छ ।

कैलालीको धनगढी सन्तोषी टोलमा रहेको नेपाल वेस्टर्न एकेडेमीमा होटेल म्यानेजमेन्ट बिषयमा स्नातक पढिरहेका ४ वटा सेमेस्टरको विद्यार्थीहरु विच फुड कुकिङ कम्पीटिसन गराइएको हो ।

फुड कुकिङ कम्पीटिसनमा सहभागि विद्यार्थीहरुले कलेजमा पढेका,सिकेका विभिन्न खानाका परिकारहरु बनाएका थिए । विद्यार्थीहरुले पढेर सिकेको सीपलाई प्रतिस्पर्धामा प्रदर्शन गरेका थिए ।

शनिबार सम्पन्न फुड कुकिङ कम्पीटिसनमा विएचएम सेकेण्ड,फोर्थ,फिप्थ र सिक्थ सेमेस्टरको विद्यार्थी सहभागि भएका थिए । प्रतिस्पर्धामा नेपालको मौलिकता झल्किने खानाका परिकारहरु ढिँडो,सिस्नुको साग,तिलको अचार,लोकल कुखुराको मासु,सुकेको माछाको चटनी बनाउँदै विएचएम सिक्र्थ सेमेस्टर प्रथम स्थान प्राप्त गर्न सफल भएका थिए । प्रतिस्पर्धामा नेपालको पूर्वदेखि पश्चिमका विभिन्न ठाउँमा पकाइने प्रख्यात खानाका परिकारहरु पकाएर प्रथम स्थान प्राप्त गर्न सफल भएको विद्यार्थी विवेक थापाले बताए ।

पढाइलाई भन्दा सिकाई र प्रयोगात्मक अभ्यासलाई प्राथमिकता दिइने होटेल म्यानेजमेन्टमा फुड कुकिङ कम्पीटिसनले विद्यार्थीको आत्मा विश्वास बढाउने,सिकेको सीपलाई प्रदर्शन गर्ने अवसर पाइने,प्रतिस्पर्धाको भावनाले विद्यार्थीलाई सिकाई प्रति उत्साहित बनाउने,विद्यार्थीमा सकरात्मक परिवर्तन आउने र विद्यार्थीको सिकाई परिक्षण हुने भएकाले फुड कुकिङ कम्पीटिसन आयोजना गरिएको विएच एम प्रमुख प्रमोद श्रेष्ठले बताए ।

पोखरा विश्व विद्यालयबाट सम्बन्धन प्राप्त नेपाल वेस्र्टन म्यानेजमेन्ट कलेज सुदूरपश्चिम मै पहिलो होटेल म्यानेजमेन्ट कलेज हो । विगत १५ बर्ष देखि संचालित नेपाल वेस्र्टन कलेजमा हाल १२० जना विद्यार्थी होटेल म्यानेजमेन्टमा अध्ययनरत छन् ।

नेपाल वेस्टर्न एकेडेमीले सन २०२३ मा जापानमा सम्पन्न अवार्डबाट नेपालकै वेष्ट होटेल म्यानेजमेन्ट कलेजको उपाधी जित्न सफल भएको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज