Advertisement

दलित सहयोग समाज र NYCA, बैतडीद्वारा जनचेतनामूलक कार्यक्रम

Advertisement


दलित सहयोग समाज र NYCA, बैतडीले जलवायु परिवर्तन सम्वन्धि जनचेतनामूलक कार्यक्रम गरेको छ ।

बझाङ जिल्लाकाे केदारस्यु गाउँपालीकाकाे वडा नम्बर २/३/६/७ ८ मा जलवायु परिवर्तन सम्वन्धि जनचेतनामूलक कार्यक्रम गरिएको हाे । पछिल्लो समय देखमा माैषम परिवर्तन सँगै घट्दै गएको जलवायु सम्वन्धि दलित सहयाेग समाज बझाङ र NYCA बैतडीकाे आयाेजनामा विद्यालयमा गएर विभिन्न सडक नाटक सहित चेतनामूलक कार्यक्रम गरिएको थियाे ।

NYCA बैतडीकाे आयोजना तथा वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा जलवायु परिवर्तन सम्बन्धि ३ दिन सम्म कार्यक्रम गरिएको दलित सहयाेग समाजका कुबेर राेकायाले बताउनु भयाे । उनले भने अहिलेकाे माैषम लाई मध्यनजर गर्दै समाजमा हुने पछि समयका गतिविधि बारे र जलवायुले गर्दा हुने असर बारे विभिन्न समुदायमा कार्यक्रम गरेको उनले भनाइ छ ।

दलित सहयाेग समाजले जिल्लाकाे केदारस्यु गाउँपालीकाका नमाउदेव माध्यमिक विद्यालयका विद्यार्थी लाई यसै गरि कैलाश माध्यामिक विद्यालयका विद्यार्थी लाई जनचेतनामुलक कार्यक्रममा सहभागी गरउदै विभिन्न वडा नम्बर ७ काे विद्यालयमा पनि जनचेतनामूलक जलवायु परिवर्तन सम्वन्धि कार्यक्रम गरेको हाे ।

कक्षा ५ देखि १० सम्म अध्यनरत विद्यार्थीहरुलाई जलवायु परिवर्तनहुनुका मुख्य कारण, त्यसका असर र न्यूनीकरणका उपायहरु बारेमा छलफल गरि सचेत गराइएको गराएको हाे विद्यार्थी अस्मिता बाेहराले भन्नू भयाे हामीले धेरै सिक्ने अवसर र NYCA बैतडीले देखाएको कार्यक्रम बाट अब देखि बनजङ्गल फडानी नगर्ने,बृक्षाराेपण गर्ने, वनजङ्गलमा आगाे नलगाउने सबै मिलेर आगाे निभाउने र हरियाली वनजङगल बनाउदा हाम्रो जीवन सहजै जिउन पाईने बताउनु भयाे । कार्यक्रम गाउँपालिका गाउँपालीकाकाे वडा नम्बर ३/६/७/८ का ५ ओटा विद्यालयमा १२०० भन्दा बढी विद्यार्थीहरुलाई प्रत्येक्ष रुपमा जनचेतना फैलाएको दलित सहयोग समाजका परियोजना संयोजक कुबेन्द्र रोकायाले जानकारी दिनु भयो। पछिल्लो समय दलित सहयाेग समाज सँस्था र वल्र्ड भिजन कार्यक्रम गाउँघर सुधारमा देखिन्छ ।

समाजमा पछिल्लो समयमा जलवायु परिवर्तनमा असर र डढेलाे फाेहरमैला सम्वन्धि जनचेतनामूलक कार्यक्रममा विद्यार्थी आकृति सहित ५ जना छात्र ५ जना छात्राले जनचेतनामूलक कार्यक्रम मार्फत सन्देश दिनु भएको छ । यसरी प्रत्येक्ष शन्देस पाउँदा खुसि भएको र अझै जनसमुदाय सँग रहेको कार्यक्रमबाट प्रभावकारी भएको शिक्षहरुले बताउदै आएका छन ।

दलित सहयाेग समाजले भुकम्प पिडितहरुलाई सहयाेग गर्दै आएको थियाे, एक जना गरिवले भन्नू भयाे दलित सहयाेग समाज भनेको हाम्रो आमा बुवा भएको छ । हामी दलित सहयाेग समाजलाई कहिल्यै भुल्न सक्दैनौं । जसले हाम्रो जिवनमा ठुलाे सहयाेग गरेको छ ।

यसै विच,प्रगतिशील युवा समाज बझाङ र केदास्यु गाउँपालीकाकाे आयाेजनमा नमाउदेव माध्यामिक विद्यालयमा बालविवाह बहुविवाह र समाजमा मदिराको कारण घट्ने घटना बारेमा जनचेतनामूलक कार्यक्रम प्रस्तुत गरेकाे थियाे । जनचेतनामूलक कार्यक्रममा केदारस्यु गाउँपालीका उपाध्यक्ष मनिसा धामीकाे प्रमुख आतिथि रहनु भएको थियाे भने,वडा नम्बर ३ का वडा अध्यक्षकाे अध्यक्षतामा कार्यक्रम सुरु भएको थियाे, प्रगतिशील युवा समाजले जनचेतनामूलक कार्यक्रममा युवा समाजका प्रतिनिधि प्रविन धामी सहित विभिन्न कर्मचारीकाे उपस्थिति रहेको थियाे । कार्यक्रम बारेमा गाउँपालीकाकाे तर्फबाट धनराम बाेहराले विभिन्न विषयमा जानकारी गराउनु भएको हाे ।

प्रगतिशील युवा समाज र केदास्यु गाउँपालीकाले गरेको सडक नाटकमा साना बालबालिका विच विवाह भएको तर यसरी विवाह गर्दा बच्चा पाउने उम्मेदवारमा आमा छाेरा दुवैको मृत्यु भएको देखाएको थियाे । सडक नाटकले विवाहवारी २० बर्ष पारी भन्ने नारालाई झल्काउने शन्देस दिनुको साथै,कसैले पनि यसरी सानाे उम्मेरमा विवाह नगर्न चेतना जगाएकाे थियाे । प्रगतिशील युवा समाज केदास्युले पनि कैलास माध्यामिक विद्यालयमा भुकम्प जादा के कसरी बच्ने यदि चाेटपट लागेमा कसरी उपचार गर्ने भन्ने विषयमा डेमाे देखाउनु भएको हाे । समाज रुपान्तरणमा सँघसस्थाले दियएकाे अतुलनीय सहयाेगलाई राम्रो दृष्टिकोण बाट हेर्न थालिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज