Advertisement

आधुनिक मौरी पालनमा रमाउँदै लम्कीका भावेश उपाध्याय

Advertisement

कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं -०२ निवासी युवा व्यवसायी भाबेश उपाध्याय विगत लामो समय देखि मौरीपालन व्यवसायमा लागी रहेका छन्। उहाँले यस क्षेत्रका युवाहरुलाई स्वरोजगार सहित कसरी मौरी व्यवसायमा लागेर मनग्य आम्दानी गर्न सकिन्छ भनेर अवरात्र हौसला दिँदै प्रशिक्षणमा खटिरहेका देखिन्छन्। उहाँ विगत ६ बर्ष देखि आधुनिक तरिकाले मौरी पालन व्यवसायमा सक्रिय रुपमा देखिन्छन् ।

उहाँले मौरीपालन व्यवसायबाट मनग्य आम्दानी भईरहेको बताएका छन। उहाँ सँग अहिले करिव १५० भन्दा बढी घार छन्। जसबाट उहाँले वार्षिक ७ लाख जति आम्दानी गर्दै आईरहेका छन्। उहाँले वार्षिक करिव 30 कुइनट्ल मह उत्पादन गरी बजार सम्म पुर्याउने गरेकाे बताएका छन्। बजारका हकमा उहाँले कैलालीका विभिन्न ठाउँ हुँदै विशेष गरी काठमाण्डौं, पोखरा, बुटवल, दार्चुला, दाङ, बाँके, वर्दिया जिल्ला र माग अनुसार देशका विभिन्न ठाउँमा मह पठाउने गरेकाे बताएका छन्।

उहाँले मौरीलाई चरी चरनका लागि कैलाली लगायत दाङ् , सल्यान, बाके बर्दिया र चितवन् का विभिन्न ठाउँमा लिने गरेको बताएका छन्‌। आधुनिक मौरी पालनमा उहाँ मौरी सङ्गै रमाई र कमाई गरिरहेका छन्। भाबेश उपाध्याय वर्तमान समयका युवा पुस्ताकोे लागी व्यवसायिक प्रेरणाका स्रोत पनि बनेका छन्।

साथै उहाँले यस क्षेत्रमा काम गर्दै गर्दा सरकार पक्षबाट हुनु पर्ने सहयाेग नभएको बताए। विषेश गरी बजार अभाव हुने भएकाले कृषकहरु चिन्तित भएको र सरकारले सहि तरिकाले बजार व्यवस्थापन गरेमा कृषक हरु उत्साहित हुने बताए। साथै यस क्षेत्रमा स्थानिय सरकार र प्रदेश सरकारले सहयाेग गरेमा यस क्षेत्रलाई मौरी क्षेत्रको रुपमा चिनाउन सकिने बताएका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज