Advertisement

बन्द भयो चर्चित फेसबुक पेज “रुटिन अफ नेपाल बन्द”, के थियो रुटिन अफ नेपाल बन्दको पुर्ण इतिहाँस ?

Advertisement

४० लाख फलोअर्स भएको लोकप्रिय फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ अचानक बन्द भएको छ ।

पेजका सञ्चालक भिक्टर पौडेलले आफ्नो सामाजिक सञ्जालमार्फत पेज बन्द गरेको बताएका छन् । उनले लेखेका छन्, अब अट्याक गर्नु पर्दैन, स्वार्थले खोलेको थिएन तै भएर बाल छैन।… बाँकि कुरा पछि गरौला!’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई बचाउ गरेको आरोप लागेपछि उनले पेज बन्द गरेको आँकलन गरिएको छ । पौडेलले फेसबुकमा स्टाटस लेख्दै ‘बोल्ड डिसिजन’ लिन लागेको बताएका थिए। त्यसलगत्तै फेसबुक पेज र इन्स्टाग्रामको पेज बन्द भएको हो। फेसवुक पेज बन्द गरेपनी किन र के कारणले फेसबुक पेज बन्द गरेको पाठकलाई भने कुनै जानकारी छैन !

कसरी सुरु भएको थियो ‘रुटिन अफ नेपाल बन्द’ ?

बुबा रामप्रकाश पौडेल प्रहरीको जागिरे । घर बागलुङ बलेवा भए पनि जता सरुवा भयो, त्यतै परिवारको अस्थायी बसाइसराइ हुन्थ्यो । यहि शिलशिलामा पाल्पामा पोस्टिङ हुँदा भिक्टर त्यहीँ जन्मिए ।

कक्षा ५ सम्म उनको पढाई हरेक वर्ष फरक फरक स्कूलमा भयो । माओवादी सशस्त्र युद्धमा प्युठान छँदा बुबाको खुट्टामा गोली लाग्यो । उपचारका लागि काठमाडौं लगियो । परिवार भने बागलुङ फर्कियो । त्यतिखेर भिक्टर १ कक्षामा पढ्थे ।

उपचारपछि बुबा रामप्रकाशको पोस्टिङ बाजुरा भयो । तर परिवारलाई बाजुरा पोस्टिङ कुनै नियमित र स्वभाविक प्रक्रिया लागेन । तत्कालीन समयमा गृहमन्त्री गोविन्दराज जोशी थिए ।

प्युठानमा काँग्रेसको निकै गुण्डागर्दी चल्थ्यो । त्यसलाई रामप्रकाशले साथ दिएनन् र गुण्डागर्दीप्रति कडा रुपमै प्रस्तुत भए । संभवतः उनको यही व्यवहार देखेर हुनुपर्छ तत्कालीन माओवादीले उनलाई राम्रो नजरले हेर्न थाले ।

युद्धको क्रममा गोली लागेर घाइते हुँदा कब्जामा लिएर सुरुवाती उपचार माओवादीले नै गरे । अनि बिनासर्त रिहा गरिदिए

माओवादीले युद्धको क्रममा रामप्रकाशप्रति देखाएको नरम व्यवहार तत्कालीन सत्तासीन काँग्रेसलाई भने पचेको थिएन । सायद त्यसैको परिणाम हुनुपर्छ उनको बाजुरा पोस्टिङ । बुबाको बाजुरा पोस्टिङपछि भने भिक्टर आमासँगै बागलुङ फर्किए ।

प्रहरीको परिवार भएका कारण युद्धकालीन समयमा प्रायः एक किसिमको तनाव परिवारमा छाइरहन्थ्यो । सानो छँदा गाविस कार्यालयहरुमा माओवादीले आगजनी गर्दा रातारात गाउँ छोडेर भाग्नुपरेको सम्झना भिक्टरको मनमा ताजै छ ।

इन्स्पेक्टरबाट डीएसपी हुने बेला बुबा रिटायर भए । त्यसपछि भने स्थायी बसोबास नै काठमाडौं बन्यो ।

एसएलसी सकेर प्लस टू ज्वाइन हुन भिक्टर ब्रिज कोर्षको तयारीमा थिए । त्यतिखेर देशमा गणतन्त्र आइसकेको थियो । बन्द गर्दैनौं भनेर घोषणापत्र निकालेका राजनीतिक पार्टीहरु एकपछि अर्को नेपाल बन्दको होडमा थिए ।

उज्वल थापा लगायतले नेपाल बन्दको विरोधमा विभिन्न कार्यक्रम र प्रदर्शनको आयोजना गरिरहन्थे । बन्दलाई व्यंग्य गर्न र बन्द बिरोधी अभियानलाई साथ दिने मनसाय अनुरुप भिक्टरले २०६८ सालताका फेसबुकमा रुटिन अफ नेपाल बन्द नामक पेज सुरु गरे ।

भिक्टरले एकल रुपमा सुरु गरेको पेजमा दिनमा ४/५ वटा हाइलाइट पोस्टहरु हुनेगर्थे । बन्दको विरोध गर्दै त्यसकै जानकारी दिने पेज छोटो समयमा धेरैले मन पराए ।

फलोअरहरुले नै फोटो तथा जानकारी म्यासेज गरेर पठाउन थाले । यसरी चोक चोकको फोटो पेजमा पोस्ट हुँदा बन्दको वास्तविक प्रभाव कति छ भन्ने कुरा मानिसहरुले तत्कालै थाहा पाउँथे । अर्कोतर्फ देशमा १७/१८ घण्टा लोडशेडिङ भइरहेको हुन्थ्यो । त्यसको जानकारी पनि पेजबाटै दिन थाले ।

बन्दको विषयलाई लिएर मुलधारकै सञ्चार माध्यम दुविधामा देखिन्थे । बन्दको समाचार लेख्दा बन्दलाई सफल बनाउन सहयोग पुगिरहेको हुन्थ्यो । नलेख्दा घरबाहिर निस्किएका सर्वसाधारणले बन्दका कारण दुःख पाउँथे ।

पेजको नाम नै रुटिन अफ नेपाल बन्द भएका कारण यो दुविधा भिक्टरलाई अझ बढी हुने गर्थ्यो । पेजको नामअनुरुप कतै बन्द छ कि छैन भन्ने कुराको जानकारीको अपेक्षा पनि जायज नै थियो ।

भिक्टरका लागि बन्दको आधिकारिक सूचनाको स्रोत बन्दकर्ता नभएर प्रहरी हुने गर्थे । प्रहरीको आँकलन जे हुथ्यो, त्यसैअनुरुप रुटिन अफ नेपाल बन्दमा बन्द पोस्ट हुन थाले ।

बन्दलाई सहयोग नपुगोस् भनेरै भोलिपल्ट कसैले बन्दको घोषणा गरेको छ भने पनि पोस्ट गर्न हतार गरेनन् । प्रहरीसँगको परामर्शमा बन्दले कत्तिको प्रभाव पार्न सक्छ भन्ने कुराको जानकारी बिहान ६ बजेको पोस्टमार्फत दिन्थे ।

त्यसका लागि बिहान पाँच बजे नै उठेर अनेक स्रोतबाट विभिन्न ठाउँको तोडफोड, आगजनी, बाटो अवरुद्ध भएको छ कि छैन लगायतको जानकारी बटुल्थे ।

त्यसो त तत्कालीन समयमा बन्द नेपालीहरुका लागि एउटा नियति बनिसकेको थियो । बन्द गराउँदै हिँड्ने शक्ति प्रायः उनै हुन्थे । जसले गर्दा बन्दले कत्तिको प्रभाव छोड्छ भन्ने कुराको अन्दाज गर्न त्यति मुस्किल थिएन ।

तर पनि सकेसम्म बन्दलाई असफल बनाउने उद्देश्यका साथ नै रुटिन अफ नेपाल बन्दले एक प्रकारको भूमिका निभाइरह्यो । राजनीतिक दलहरुले गर्ने नेपाल बन्दलाई विषय बनाएर सुरु भएको पेज पछि गएर सार्वजनिक विदालाई समेत समेट्न थाल्यो ।

त्यसो त भिक्टर अरु पेजमा समेत एड्मिनको भूमिकामा थिए । जोक (हाँस्य व्यंग्य सम्बन्धी) पेजमा मिम र जोकहरु पोस्ट गरिरहन्थे । नेपाल पुलिस क्लवका खेलकुद सम्बन्धी पोस्टहरु पनि उनैले तयार पार्थे । यस हिसावले उनी खेल पत्रकारितामा पनि संलग्न भइसकेका थिए ।

यसैक्रममा अन्य पत्रकारहरुसँग चिनजान बढ्दै गयो । त्यतिखेर १६/१७ वर्षका भिक्टरको आवाज बालकको जस्तै सुनिन्थ्यो । प्रहरीलाई फोन गर्दा कहिलेकाहीँ सूचना र जानकारी माग्दा पत्याउँदैन थे । यस्तोमा उनी सिनियर पत्रकार दाइहरुलाई बुझिदिन आग्रह गर्थे ।

यदि कुनै कुराको पुष्टी गर्न नसकेको खण्डमा पोस्ट गर्न कुनै किसिमको हतारो उनमा हुन्नथ्यो । ‘एउटा पोस्ट नहाल्दैमा केही फरक पर्दैन भन्ने सोच्थें,’ उनी भन्छन्, ‘देशमा हजारौं अनि विश्वमा लाखौं घटना दिनहुँ घटिरहेका हुन्छन् । सबै कुरा त चाहेर पनि हामीले समेट्न सक्दैनौं । तर पनि कुनै विशेष कुरा छ भने त त्यसलाई अनेक जुक्ती लगाएर भेरिफाइ गरेर पोस्ट गरिन्थ्यो ।’

पेजका फ्यान फलोअरहरुले अरुभन्दा फरक अनि वास्तविक समाचार स्रोतको रुपमा प्रसंसा गर्न थाले । त्यो विश्वास तोडेर दायाँबायाँ गर्ने आँट भिक्टरले गर्ने सकेनन् । त्यसरी नै सबैको विश्वास जोड्दै सुरु भएको थियो रुटिन अफ नेपाल बन्द !

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज