Advertisement

स्थानीयको ८४ लाख खाएर बझाङबाट ठेकेदार फरार

Advertisement



बझाङ जिल्लाकाे खप्तड छान्ना गाउँपालीकामा पक्की पुल निर्माण भईरहेकाे छ ।

खप्तड छान्ना गाउँपालीकाकाे वडा नम्बर ७ गडरायमा निर्माण भईरहेकाे पुलमा काम गर्न आएका ठेकेदारले स्थानीयकाे ८४ लाख रुपैयाँ खाएर फरार भएका छन ।

गडरायका स्थानीयहरुबाट काम गर्न आएका ठेकेदार भद्र बहादुर शाहीले ८४ लाख रुपैयाँ स्थानीय बाट मागेर फरार भएको स्थानीयहरुकाे आराेप छ । ठेकेदार शाहीले विगत २०७५ सालमा सम्झाैता गरेर २०७८ सालमा काम सम्पन्न गरिसक्नु पर्ने भएता पनि अहिलेसम्म पुलको काम लथालिङ्ग अवस्थामा देखिन्छ । ठेकेदारकाे लापरबाहीले पुल अलपत्र परेको छ । पुल अलपत्र पर्दा बझाङ बाजुरा आवतजावतमा समस्या हुने गरेको स्थानीयहरुले बताउदै आएका छन ।

अमर कन्टक्सन मार्फत निर्माणाधीन पुल अलपत्र अवस्थामा देखिन्छ भने ठेकेदार शाहीले स्थानीयकाे ८४ लाख रुपैयाँ खाएर फरार रहेको वडा नम्बर ७ का निर्वतमान वडा अध्यक्ष रामबहादुर सिँहले बताए । अध्यक्ष सिँहले भने,आफू वडा अध्यक्ष हुदा वडामा ठेकेदारले स्थानीयकाे तिर्नुपर्ने पैशा भनेर ८४ लाखको कागज बनाएको उनको भनाइ छ । ठेकेदारले स्थानीयकाे पैशा अहिलेसम्म नतिरेको भन्दै सिँह आक्राेसमा उत्रेका हुन ।

सयाैँ स्थानीयहरुकाे लाखौं रुपैयाँ खाएर ठेकेदार फरार भए पछि स्थानीयहरु आक्राेसमा देखिन्छन । यदि ठेकेदारले काम गरेको पैशा र आफू बाट लिएको सापटी पैशा नदिए जिल्ला प्रशासन लगायत सम्वन्धित निकायमा धाउने बताएका छन । करिव ६ कराेड लागतमा सम्झौता भएकाे पुल अलपत्र अवस्थामा छ । रकम दिनु पर्ने स्थानीयहरुमा वीर बहादुर राेकाया चक्र राेकाया ज्ञान बहादुर राेकाया, वीर बहादुर राेकाया बिरेन्द्र बिष्ट माेहन थापा ,गगन राेकाया रामबहादुर सिँह लगायत सयाै स्थानीयकाे पैशा तिर्न बाकी छ ।

साथै स्थानीय सरकार खप्तड छान्नाका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष रमानन्द जाेशीले भने,आफू जनताको जनप्रतिनिधि भएको कारण जसरी भए पनि ठेकेदारले छिटोभन्दा छिटो स्थानीयकाे पैशा फिर्ता गर्नु पर्ने यदि नगरे स्थानीयलाई ठगेमा कानुनी बाटाेमा जानू पर्ने बताउनु भयाे । यता ठेकेदारले भने स्थानीयले काम गर्न नदिएकाे आराेप लगाउनुकाे साथै आफुले पैशा तिर्ने अझै २ कराेडकाे काम हुन बाकी रहेको बताउनु भयाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज