Advertisement

स्थानीयको ८४ लाख खाएर बझाङबाट ठेकेदार फरार

Advertisement



बझाङ जिल्लाकाे खप्तड छान्ना गाउँपालीकामा पक्की पुल निर्माण भईरहेकाे छ ।

खप्तड छान्ना गाउँपालीकाकाे वडा नम्बर ७ गडरायमा निर्माण भईरहेकाे पुलमा काम गर्न आएका ठेकेदारले स्थानीयकाे ८४ लाख रुपैयाँ खाएर फरार भएका छन ।

गडरायका स्थानीयहरुबाट काम गर्न आएका ठेकेदार भद्र बहादुर शाहीले ८४ लाख रुपैयाँ स्थानीय बाट मागेर फरार भएको स्थानीयहरुकाे आराेप छ । ठेकेदार शाहीले विगत २०७५ सालमा सम्झाैता गरेर २०७८ सालमा काम सम्पन्न गरिसक्नु पर्ने भएता पनि अहिलेसम्म पुलको काम लथालिङ्ग अवस्थामा देखिन्छ । ठेकेदारकाे लापरबाहीले पुल अलपत्र परेको छ । पुल अलपत्र पर्दा बझाङ बाजुरा आवतजावतमा समस्या हुने गरेको स्थानीयहरुले बताउदै आएका छन ।

अमर कन्टक्सन मार्फत निर्माणाधीन पुल अलपत्र अवस्थामा देखिन्छ भने ठेकेदार शाहीले स्थानीयकाे ८४ लाख रुपैयाँ खाएर फरार रहेको वडा नम्बर ७ का निर्वतमान वडा अध्यक्ष रामबहादुर सिँहले बताए । अध्यक्ष सिँहले भने,आफू वडा अध्यक्ष हुदा वडामा ठेकेदारले स्थानीयकाे तिर्नुपर्ने पैशा भनेर ८४ लाखको कागज बनाएको उनको भनाइ छ । ठेकेदारले स्थानीयकाे पैशा अहिलेसम्म नतिरेको भन्दै सिँह आक्राेसमा उत्रेका हुन ।

सयाैँ स्थानीयहरुकाे लाखौं रुपैयाँ खाएर ठेकेदार फरार भए पछि स्थानीयहरु आक्राेसमा देखिन्छन । यदि ठेकेदारले काम गरेको पैशा र आफू बाट लिएको सापटी पैशा नदिए जिल्ला प्रशासन लगायत सम्वन्धित निकायमा धाउने बताएका छन । करिव ६ कराेड लागतमा सम्झौता भएकाे पुल अलपत्र अवस्थामा छ । रकम दिनु पर्ने स्थानीयहरुमा वीर बहादुर राेकाया चक्र राेकाया ज्ञान बहादुर राेकाया, वीर बहादुर राेकाया बिरेन्द्र बिष्ट माेहन थापा ,गगन राेकाया रामबहादुर सिँह लगायत सयाै स्थानीयकाे पैशा तिर्न बाकी छ ।

साथै स्थानीय सरकार खप्तड छान्नाका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष रमानन्द जाेशीले भने,आफू जनताको जनप्रतिनिधि भएको कारण जसरी भए पनि ठेकेदारले छिटोभन्दा छिटो स्थानीयकाे पैशा फिर्ता गर्नु पर्ने यदि नगरे स्थानीयलाई ठगेमा कानुनी बाटाेमा जानू पर्ने बताउनु भयाे । यता ठेकेदारले भने स्थानीयले काम गर्न नदिएकाे आराेप लगाउनुकाे साथै आफुले पैशा तिर्ने अझै २ कराेडकाे काम हुन बाकी रहेको बताउनु भयाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज