
धनगढी – कैलालीको चुरेमा विस्फोट भएको छ।
जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ३ सहजपुर क्षेत्रमा बाटो मर्मत गर्ने क्रममा विस्फोट भएको हो ।
भीमदत्त राजमार्गम मर्मतका लागि डोजरले खन्दा विस्फोट भएको प्रहरीले बताएको छ। विस्फोटका कारण डोजरका चालकसहित तीन जना घाइते भएका छन् ।
विस्फोट भएको बस्तुको विषयमा भने खुलेको छैन । प्रहरी घटनास्थल तिर गएको छ ।

