Advertisement

विश्वकप क्रिकेट लिग–२ : नामिबियासँग नेपालको दोस्रो हार

Advertisement

धनगढी – आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले नामिबियासँग दोस्रो हार व्यहोरेको छ । 

बुधबार भएको खेलमा नामिबियाले घरेलु टोली नेपाललाई २ विकेटले पराजित गरेको हो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नामिबियाले टस जित्यो र नेपाललाई ब्याटिङको निम्तो दियो । 

ओपनर कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात गरेका थिए । तर सातौं ओभरमा नेपालले दुई विकेट गुमायो । 

ओभरको दोस्रो बलमा भुर्तेल (१८)लाई एलबीडब्लू धरापमा पारेका बर्नार्ड स्कोल्जले चौथो बलमा अनिलकुमार साह (०) लाई पेभेलियनको बाटो देखाए । नेपालले थप ५ रन जोड्दा देव खनाल पनि शून्यमै आउट भए ।

आसिफ शेखले कुशल मल्लसँग मिलेर नेपालको इनिङ्स अगाडि बढाए । दुवैले चौथो विकेटका लागि ५७ रनको साझेदारी गर्दै नेपालको स्कोर १०० रन पुर्‍याए । त्यसक्रममा आसिफले अर्धशतक पनि पूरा गरे ।

तर २०औं ओभरको पाँचौ बलमा स्कोल्जले नै आसिफलाई एलबीडब्लू धरापमा पारे । कप्तान रोहितकुमार पौडेल ९ बल खेलेर शून्यमै आउट भए । भीम सार्की र कुशल मल्लले साझेदारीको संकेत देखाएका थिए, तर २७औं ओभरको तेस्रो बलमा लेगमा सर्ट खेल्ने क्रममा फाइन लेगमा क्याच आउट भए ।

थप ४४ रन जोड्दा नेपालले बाँकी ४ विकेट गुमायो र ३७.१ ओभरमा १६८ रनमा अलआउट भयो ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका स्कोल्ज र निकोल लेफ्टी–इटनले समान ४–४ विकेट लिए भने ज्याक ब्रेसल र जेराल्ड एरास्मसको नाममा १–१ विकेट रह्यो ।

१६९ रनको लक्ष्य पछ्याएको नामिबियाकाे पनि सुरुवात राम्रो रहेन । मात्र १० रन जोड्दा ओपनर निको डाभिन (८) रनआउट भए भने थप ७ रन जोड्दा रोहितकुमार पौडेलले जेपी कोट्जेको विकेट लिए । तर माइकल भान लिंगेन र जेराल्ड एरास्मसले तेस्रो विकेटका लागि महत्वपूर्ण ५२ रनको साझेदारी गरे । १३औं ओभरको पहिलो बलमा कुशल मल्लले लिंगेनको विकेट लिए ।

त्यसपछि एरास्मसले ठूलो साझेदारी त गर्न सकेनन्, तर २२औं ओभरको अन्तिम बलमा आउट हुनुअघि अर्धशतक पूरा गरे । ५६ बल खेलेका उनले ८ चौका र २ छक्काको मद्दतमा ५२ रन बनाएका थिए ।

नेपालले थप ३ विकेट लियो, तर छैटौं नम्बरमा आएका जेजे स्मिथले अविजित ३४ रनको महत्वपूर्ण पारी खेलेपछि नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर विजयी लक्ष्य भेट्टायो ।

नेपालका लागि कुशल भुर्तेलले ३ विकेट लिंदा दीपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल र कुशल मल्लको नाममा एक–एक विकेट रह्यो ।

त्रिदेशीय सिरिजको पहिलो खेलमा पनि नेपाल नामिबियासँगै ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो । अब नेपालले आइतबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज