Advertisement

विश्वकप क्रिकेट लिग–२ : नामिबियासँग नेपालको दोस्रो हार

Advertisement

धनगढी – आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले नामिबियासँग दोस्रो हार व्यहोरेको छ । 

बुधबार भएको खेलमा नामिबियाले घरेलु टोली नेपाललाई २ विकेटले पराजित गरेको हो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नामिबियाले टस जित्यो र नेपाललाई ब्याटिङको निम्तो दियो । 

ओपनर कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात गरेका थिए । तर सातौं ओभरमा नेपालले दुई विकेट गुमायो । 

ओभरको दोस्रो बलमा भुर्तेल (१८)लाई एलबीडब्लू धरापमा पारेका बर्नार्ड स्कोल्जले चौथो बलमा अनिलकुमार साह (०) लाई पेभेलियनको बाटो देखाए । नेपालले थप ५ रन जोड्दा देव खनाल पनि शून्यमै आउट भए ।

आसिफ शेखले कुशल मल्लसँग मिलेर नेपालको इनिङ्स अगाडि बढाए । दुवैले चौथो विकेटका लागि ५७ रनको साझेदारी गर्दै नेपालको स्कोर १०० रन पुर्‍याए । त्यसक्रममा आसिफले अर्धशतक पनि पूरा गरे ।

तर २०औं ओभरको पाँचौ बलमा स्कोल्जले नै आसिफलाई एलबीडब्लू धरापमा पारे । कप्तान रोहितकुमार पौडेल ९ बल खेलेर शून्यमै आउट भए । भीम सार्की र कुशल मल्लले साझेदारीको संकेत देखाएका थिए, तर २७औं ओभरको तेस्रो बलमा लेगमा सर्ट खेल्ने क्रममा फाइन लेगमा क्याच आउट भए ।

थप ४४ रन जोड्दा नेपालले बाँकी ४ विकेट गुमायो र ३७.१ ओभरमा १६८ रनमा अलआउट भयो ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका स्कोल्ज र निकोल लेफ्टी–इटनले समान ४–४ विकेट लिए भने ज्याक ब्रेसल र जेराल्ड एरास्मसको नाममा १–१ विकेट रह्यो ।

१६९ रनको लक्ष्य पछ्याएको नामिबियाकाे पनि सुरुवात राम्रो रहेन । मात्र १० रन जोड्दा ओपनर निको डाभिन (८) रनआउट भए भने थप ७ रन जोड्दा रोहितकुमार पौडेलले जेपी कोट्जेको विकेट लिए । तर माइकल भान लिंगेन र जेराल्ड एरास्मसले तेस्रो विकेटका लागि महत्वपूर्ण ५२ रनको साझेदारी गरे । १३औं ओभरको पहिलो बलमा कुशल मल्लले लिंगेनको विकेट लिए ।

त्यसपछि एरास्मसले ठूलो साझेदारी त गर्न सकेनन्, तर २२औं ओभरको अन्तिम बलमा आउट हुनुअघि अर्धशतक पूरा गरे । ५६ बल खेलेका उनले ८ चौका र २ छक्काको मद्दतमा ५२ रन बनाएका थिए ।

नेपालले थप ३ विकेट लियो, तर छैटौं नम्बरमा आएका जेजे स्मिथले अविजित ३४ रनको महत्वपूर्ण पारी खेलेपछि नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर विजयी लक्ष्य भेट्टायो ।

नेपालका लागि कुशल भुर्तेलले ३ विकेट लिंदा दीपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल र कुशल मल्लको नाममा एक–एक विकेट रह्यो ।

त्रिदेशीय सिरिजको पहिलो खेलमा पनि नेपाल नामिबियासँगै ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो । अब नेपालले आइतबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज