Advertisement

अशिग्राम मावि रुपालको ६९औं वार्षिकोत्सवमा समाजसेवी पनेरू सम्मानित

Advertisement

रुपाल – डडेल्धुराको भागेश्वर गाउँपालिका-२, रुपालका समाजसेवी सिद्धराज पनेरू सम्मानित भएका छन् ।

रुपालमा रहेको अशिग्राम माध्यमिक विद्यालयले आज मनाएको ६९औं वार्षिकोत्सव समारोहमा समाजसेवी पनेरू सम्मानित भएका हुन् ।

अशिग्राम मावि रुपाललाई भौतिक, शैक्षिक र व्यवस्थापकीय पक्षमा गरेको योगदानको उच्च कदर गर्दै उक्त सम्मान प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक राजेन्द्र बहादुर पाण्डेले बताए ।

समाजसेवी पनेरुले २०५४ मा स्कुलमा स्वर्गीय बुवा जगन्नाथ पनेरुको नाममा जगन्नाथ स्मृति छात्रवृत्ति, आमा चन्द्रादेवि पनेरुको नामबाट चन्द्रादेवि  प्रतिभा पुरस्कार अक्षयकोष स्थापना गरेका छन् भने २०७२ सालमा अशिग्राम मावि रुपालमा आफ्नो परिवार को तर्फबाट स्वर्गीय बुवाको स्मृतिमा सरस्वती मन्दिर स्थापना गरेका छन् 

यस्तै उनले २०८० बैशाख १ गतेबाट २०८० असार ३२ सम्म सामाजिक सञ्जालमार्फत विद्यालयका लागि चलाएको ‘साउण्ड सिस्टम र शैक्षिक सामग्री सहयोग संकलन अभियान’ सुरु गरेर देश विदेशमा रहेका ७४ जना सहयोगीबाट संकलित एक लाख ५९ हजार छ सय ६७ रकम बराबरको डिजिटल साउण्ड सिस्टम सेट र विद्युतिय घण्टी हिजो आइतबार विद्यालयलाई हस्तान्तरण गरेका छन् । उक्त अभियानमा उनका आफ्नै परिवारका सदस्यले १० हजार पाँच सय ५२ नगद सहयोग गरेका थिए ।

त्यस्तै रुपालमा स्थापना हुन लागेको रुपाल बहुमुखी क्याम्पस स्थापनाका लागि उनका भाइ बुहारी राधादेवी पनेरूले ११ हजार पाँच सय ५ नगद र क्यानडामा अध्ययनरत छोरा प्रतिक पनेरूले २६ हजार छ सय ६६ नगद सहयोग गरेका छन् ।

सोमबार अशिग्राममा माविले मनाएको ६९ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा भएको औपचारिक कार्यक्रमका प्रमुख अतिथि तथा भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौत, पालिका उपाध्यक्ष पुष्पा ठकुराठी, वडा नम्बर २ का वडा अध्यक्ष उपेन्द्र जोरा, प्रधानाध्यापक राजेन्द्र बहादुर पाण्डे र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपि भारतीले समाजसेवी पनेरुलाई फूलमाला, अबिर, खादा, दोसल्ला र सम्मान पत्र प्रदान गरि सम्मानित गरेका हुन् ।

सम्मानित पनेरूले आफ्नो जन्मभूमिको आफूले शिक्षा आर्जन गरेको स्कुल र सञ्चालनको प्रक्रियामा रहेको रुपाल बहुमुखी क्याम्पसका लागि सदैव आफ्नो सहयोग रहने बताएका छन् ।

यसै अवसरमा उनले विद्यालयलाई वैज्ञानिक महावीर पुनको जीवनीमा आधारित एक प्रति पुस्तक विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज