Advertisement

अशिग्राम मावि रुपालको ६९औं वार्षिकोत्सवमा समाजसेवी पनेरू सम्मानित

Advertisement

रुपाल – डडेल्धुराको भागेश्वर गाउँपालिका-२, रुपालका समाजसेवी सिद्धराज पनेरू सम्मानित भएका छन् ।

रुपालमा रहेको अशिग्राम माध्यमिक विद्यालयले आज मनाएको ६९औं वार्षिकोत्सव समारोहमा समाजसेवी पनेरू सम्मानित भएका हुन् ।

अशिग्राम मावि रुपाललाई भौतिक, शैक्षिक र व्यवस्थापकीय पक्षमा गरेको योगदानको उच्च कदर गर्दै उक्त सम्मान प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक राजेन्द्र बहादुर पाण्डेले बताए ।

समाजसेवी पनेरुले २०५४ मा स्कुलमा स्वर्गीय बुवा जगन्नाथ पनेरुको नाममा जगन्नाथ स्मृति छात्रवृत्ति, आमा चन्द्रादेवि पनेरुको नामबाट चन्द्रादेवि  प्रतिभा पुरस्कार अक्षयकोष स्थापना गरेका छन् भने २०७२ सालमा अशिग्राम मावि रुपालमा आफ्नो परिवार को तर्फबाट स्वर्गीय बुवाको स्मृतिमा सरस्वती मन्दिर स्थापना गरेका छन् 

यस्तै उनले २०८० बैशाख १ गतेबाट २०८० असार ३२ सम्म सामाजिक सञ्जालमार्फत विद्यालयका लागि चलाएको ‘साउण्ड सिस्टम र शैक्षिक सामग्री सहयोग संकलन अभियान’ सुरु गरेर देश विदेशमा रहेका ७४ जना सहयोगीबाट संकलित एक लाख ५९ हजार छ सय ६७ रकम बराबरको डिजिटल साउण्ड सिस्टम सेट र विद्युतिय घण्टी हिजो आइतबार विद्यालयलाई हस्तान्तरण गरेका छन् । उक्त अभियानमा उनका आफ्नै परिवारका सदस्यले १० हजार पाँच सय ५२ नगद सहयोग गरेका थिए ।

त्यस्तै रुपालमा स्थापना हुन लागेको रुपाल बहुमुखी क्याम्पस स्थापनाका लागि उनका भाइ बुहारी राधादेवी पनेरूले ११ हजार पाँच सय ५ नगद र क्यानडामा अध्ययनरत छोरा प्रतिक पनेरूले २६ हजार छ सय ६६ नगद सहयोग गरेका छन् ।

सोमबार अशिग्राममा माविले मनाएको ६९ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा भएको औपचारिक कार्यक्रमका प्रमुख अतिथि तथा भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौत, पालिका उपाध्यक्ष पुष्पा ठकुराठी, वडा नम्बर २ का वडा अध्यक्ष उपेन्द्र जोरा, प्रधानाध्यापक राजेन्द्र बहादुर पाण्डे र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपि भारतीले समाजसेवी पनेरुलाई फूलमाला, अबिर, खादा, दोसल्ला र सम्मान पत्र प्रदान गरि सम्मानित गरेका हुन् ।

सम्मानित पनेरूले आफ्नो जन्मभूमिको आफूले शिक्षा आर्जन गरेको स्कुल र सञ्चालनको प्रक्रियामा रहेको रुपाल बहुमुखी क्याम्पसका लागि सदैव आफ्नो सहयोग रहने बताएका छन् ।

यसै अवसरमा उनले विद्यालयलाई वैज्ञानिक महावीर पुनको जीवनीमा आधारित एक प्रति पुस्तक विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज