Advertisement

धनगढीको शारदा माविले मनायो ४८औं वार्षिकोत्सव 

Advertisement

धनगढी – धनगढी उपमहानगरपालिका-२, बैयाबेहडीमा रहेको शारदा माविले ४८औं वार्षिकोत्सव समारोह मनाएको छ ।

समाजसेवी फक्लु चौधरीले जग्गा दान गरेपछि २०३२ सालमा स्थापना भएको शारदा माध्यमिक विद्यालयले शुक्रबार आफ्नो ४८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । 

समारोहमा सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डाक्टर हरिप्रसाद लम्सालको प्रमुख आतिथ्यता रहेको थियो ।

उक्त समारोहमा २०८१ सालमा कार्यकाल सकिन लागेकाले आजसम्म गरेको योगदानका लागि शिक्षिका माला ओझा र चित्रा पनेरूलाई सम्मान गरिएको छ ।

त्यस्तै विद्यालयमा अध्यापन गराइरहेका शिक्षक अर्जुन रजवारलाई विद्यालयमा २० वर्ष बढी सेवा प्रदान गरेको उपलक्ष्यमा  वार्षिकोत्सव समारोहमा सम्मान गरिएको छ ।

त्यस्तै समारोहमा विद्यालयलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्दै आइरहेका विभिन्न समाजसेवी व्यक्तिलाई सम्मान गरिएको छ ।

वार्षिकोत्सव समारोहमा अभिभावकको राम्रो उपस्थिति रहेको शारदा माविमा विद्यार्थीहरुले व्यवहारिक शिक्षा पाइरहेको प्रमुख अतिथि डाक्टर हरिप्रसाद लम्सालले बताएका छन् ।

विद्यालयमा शिक्षाका लागि राम्रो वातावरण भएको र अभिभावकले पनि  घरमा आफ्ना बालबालिकालाई ध्यान दिन डाक्टर लम्सालले आग्रह गरेका छन् ।

आफूले ५ पाँच वर्ष बढी विद्यालयमा प्रधानाध्यापक भएर काम गरिरहँदा अभिभावक, समुदाय र सहयोगी मनहरुको साथ सहयोग रहेको विद्यालयका प्रधानाध्यापक तेजबहादुर सिंहले बताएका छन् ।

प्रधानाध्यापक सिंहले भने, “सबैको सहयोगले अहिले अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाउँन सकिएको छ । शारदा मावि धनगढीका औंलामा गणना गर्न सकिने स्कुलहरु मध्ये एक रहेको छ भने जनशक्ति र व्यवस्थापनले पनि हामी परिपूर्ण छौं ।”

वार्षिकोत्सव समारोहमा स्कुलका विद्यार्थीहरुले नृत्य, गायन र साइन्स प्रोजेक्ट लगायत विभिन्न प्रतिभा प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज