Advertisement

२६ बर्षदेखि राजनीतिमा सक्रिय चन्दको एमाले कैलालीको सचिवमा उम्मेदवारी

Advertisement

धनगढी – राजनितिमा कुनै न कुनै रुपमा फाइदा लिनकै लागी लाग्ने परिपाटी निकै बढेको छ । नेताको नजिक भएर योजना पाउन, सरकारी नियुक्ती खान, पहुँचमा भइरहन, अबैध कारोबार गर्न लगायत फाइदाका लागी मात्रै राजनितिमा होमिने धेरै छन् । 

तर इमानको राजनिति गर्ने हरु निकै कम भेटिन्छन् । राजनितिलाई सेवाका रुपमा लिएर बषौँ खर्चिएका इमान्दारितामा बिश्वास राख्ने एक हुन बिष्णु चन्द ।

हाल नेकपा एमाले कैलाली जिल्ला कमिटि सचिवालय सदस्य समेत रहेका चन्दले पार्टीमा बषौँ लगानी गरे । २०३८ साल जेठ महिना बैतडीको तत्कालीन ढुंगाड गाबिस वडा नम्बर ७ मा बुवा उद्धव चन्द कलावती चन्दको सुपुत्रका रुपमा जन्म लिएका चन्द सानै देखी सामाजिक सेवामा काम गर्ने सोचका ब्यक्ती थिए । 

चन्दले कक्षा ७ सम्म गाउँकै बिद्यालयमा अध्यायन गरे । २०५० सालमा बैतडीबाट धनगढी झरेका चन्दले कक्षा ८ सम्म धनगढीको सारदा माध्यमिक बिद्यालयमा अध्यायन गरे । त्यसपछि चौमालाको मालिका उच्च माबीमा भर्ना भएका चन्दले बिद्यार्थी राजनिति शुरु गरे ।

२०५३ सालमा सोही बिद्यालयबाट राजनितिमा छिरेका उनले कैलाली बुहुमुखी क्याम्पसबाट उच्च शिक्षा र स्नातक तहको शिक्षा उत्तिर्ण गरे । समाजशास्त्र बिषयमा स्नातगोत्तर तह उत्तिर्ण गरेका चन्द कैलाली बहुमुखी क्याम्पसमा अध्यायन गर्दा राजनितिमा निकै निखारिए । एमाले भन्दा छिटफुट रुपमा मात्रै देखिने त्यो बेलामा चन्द एमालेकै बिद्यार्थी संगठन बनाउनमा सक्रिय भए । कैलाली बहुमुखी क्याम्पसमा अध्यायनरत बेला प्रारम्भिक क्याम्पस कमिटि सचिव र अध्यक्षपनि बने । कैलाली बहुमुखी क्याम्पसबाट बिद्यार्थीहरुलाई एमालेमा संगठित गराउन उनको भुमिका निकै महत्वपुर्ण रह्यो ।

चन्द क्याम्पस हुँदै अनेरास्वबियुका कैलाली जिल्ला कोषाध्यक्ष बने । तत्कालिन अनेरास्वबियु कैलालीको अध्यक्ष दीर्घ सोडारी र सचिव रण बहादूर चन्द हुँदा बिष्णु कोषाध्यक्ष थिए । त्यसपछि अनेरास्वबियु कैलालीको उपाध्यक्ष हुँदै केन्द्रिय सदस्य र सेती अञ्चल ईन्चार्जपनि भए । २०६२/०६३ को जनआन्दोलनमा बिद्यार्थीबाट अग्र पक्तींमा चन्द देखिन्थे । बिद्यार्थीकै अगुवाइमा धनगढीमा आन्दोलन चर्केको थियो । त्यतिबेला चन्द प्रहरीसंगको झडपमा घाइते बने । घाइते मात्रै होइन प्रहरीबाट उनि गिरफ्तार पनि भए ।

२०६५ सालमा स्वबियु निर्वाचन हुने भएपनि चन्द कैलाली बहुमुखी क्याम्पसको स्ववियु सभापतिका उमेदवार रहेका थिए । २०६५ साल चैत ११ गते स्ववियु चुनावका दिन कैलाली बुहुमुखी क्याम्पसमा अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन र अखिल क्रान्तीकारीबिच झडप भयो । झडपले उग्र रुप लिएपछि चन्द त्यो झडपलाई नियन्त्रण लिने प्रयासमा थिए । दुइटै पक्षलाई सम्झाउँदै क्रान्तीकारीकै एक जना कार्यक्रतालाई बचाउने बेला चन्दको टाउकोमा इट्टा प्रहार भयो । इट्टा प्रहार संगै उनि बेहोस भए र पार्टीका नेता र बिद्यार्थी नेताहरुको पहलमा उनको हेलिकप्टरबाट उद्धार गरेर काठमाण्डौँमा उपचार भयो ।

इट्टाले टाउको बिच भागमै चिरा परेको अवस्थामा चन्दको जटिल उपचार सम्भव भयो । पार्टी र नेताहरुको सहयोगमा उनको सफल उपचार भयो । उपचार त भयो तर ति घाउ अँझैपनि उनको टाउकोमा प्रस्ट देखिन्छ । मरेर बाँचेका चन्दले राजनितिलाई फेरी निरन्तरता दिए । पार्टीका आन्दोलन, राष्टियताका आन्दोलन, निजि स्कुलका बिरुद्धमा आन्दोलन, सिमा शुरक्षा अभियानको नेतृत्व लगायत आन्दोलनमा चन्द पटक पटक गिरफ्तार भए ।

राजाका बिरुद्धमा मान्छे बाहिर निश्किनै नसक्ने अवस्थामा चन्दको नेतृत्वमा आन्दोलन शुरु भयो । २६ बर्ष निस्वार्थ राजनितिक जिवन बिताएका चन्द सबै अवशरबाट बञ्चित भए । नेकपा एमालेको एक कार्यकाल कैलाली जिल्ला कमिटि सदस्य, यस अघी सचिवालय सदस्य र अहिलेपनि चन्द सचिवालय सदस्य छन् । करिब ३ दशक राजनितिक जिवन बिताइसकेका चन्दले हालसम्म कुनै लाभको पद लिएका छैनन् । पार्टी नेतृत्वमा समेत उनि पुगेका छैनन् ।

हालसम्म पार्टीको राजनितिलाई संघर्षरत निरन्तरता दिइरहेका चन्द यस पटक पार्टी जिल्ला कमिटि कैलालीको सचिवमा जबरजस्त दावेदारको रुपमा देखिएका छन् । समाजसास्त्रमा मास्टर डिग्री गरिसकेका चन्द अब पार्टीको नेतृत्व गर्नुपर्ने उद्देश्यमा छन् । शुरुमा अध्यक्षकै रुपमा हेरिएका चन्दले सचिवका लागी आशय ब्यक्त गरेका छन् । नेताहरुसंगको सल्लाहमा चन्दले सचिवमा इच्छा ब्यक्त गरेका हुन् । तिन कार्यकाल पार्टी जिल्ला कमिटिमा बसेर काम गरेका उनि अब नेतृत्व लिनैपर्ने उद्देश्यमा छन् ।

२६ बर्षे राजनितिक जिवन निश्वार्थ बिताएका चन्द पार्टीले आफ्नो योगदान र क्षमतालाई बिश्वास गर्नेमा ढुक्क छन् । ‘हिजोका दिनमा केपी ओलीकै मान्छे भनेर सुदूरपश्चिममा म र ओलीका पक्षमा लागेका हमीहरुले यहाँको नेतृत्वबाट बाइपास हुनुपरेको थियो’ चन्दले भने ‘अहिले ओलीको बिरुद्धको कुनै नेता छैन त्यस कारण हिजो चेपिएका, पेलिएका हामीजस्ता कार्यक्रताले अब अवशर पाउँछन भन्नेमा ढुक्क छु ।’

‘धेरै मान्छे राजनितिमा लागे मान्छे मन्त्री भए, माननिय भए तर जनजिबिकाका सवालमा ग्रामिण क्षेत्रको नागरिकका सहयात्री हाम्रा नेता बन्न सकेनन्’ उनले भने ‘ब्यवस्था परिवर्तन भयो जनताको अवस्था परिवर्तन हुन सकेन्, निजि स्वार्थमा नेताहरु डुवे त्यस कारण जनताका आधारभुत आवश्यक्तापनि पुरा हुन सकेनन ।’

‘हाम्रा नेताहरु पार्टी बनाउनु भन्दा आफ्ना ब्यक्तीगत स्वार्थमा केन्द्रित भए जसको नतिजा चुनावमा देखिसकेको छ,हामी गएपछि यो कुराको परिवर्तन गर्नुपर्छ, जे बिषय बिगतमा हामीले सडकबाट उठाएका थियौँ, अब ति बिषय कार्यान्वयनका लागी हामीले जानुपर्छ भन्ने हो ।, मलाई बिश्वास छ, मेरो बिरुद्धमा कोही साथीहरु आउनुहुन्न होला किनकी मेरो लगनसिलता, इमान्दारिता र धैर्य सबैले देख्नुभाकै छ’ चन्दले भने । 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज