
धनगढी – श्री कलेज अफ म्यानेजमेन्ट धनगढी कप फागुन ६ गतेदेखी १० गतेसम्म हुने भएकाे छ ।
धनगढीमा पत्रकार सम्मेलनकाे आयाेजना गर्दै आयाेजक लिटल फ्लावर स्पोर्ट्स क्लबले कपबारे जानकारी दिएको हाे ।
श्री कलेजकाे मुख्य प्रायाेजनमा आयाेजना गरिएको विद्यालय स्तरीय फुटबल कपकाे प्रथम पुरस्कार ५० हजार नगदसहित ट्रफि र प्रमाणपत्र र द्वितीय हुने टिमले २५ हजार नगदसहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने आयाेजक स्पाेट्स् क्लबका अध्यक्ष रामचन्द्र शाहीले बताएका छन् ।
कपमा कैलाली जिल्लाका १० वटा स्कुलहरुकाे सहभागीता रहेकाे उनले बताए । शाहीले भने, “धनगढीकाे खेल क्षेत्रलाई विकास गर्न धनगढी कपले याेगदान पुर्याउने विश्वास गरेका छौं । लिटल फ्लावरले केही वर्षदेखी क्रिकेटका राष्ट्रिय तथा स्थानिय प्रतियोगिता गरिरहेकाे अवस्थामा अहिले फुटबल प्रतियोगिताकाे सुरुवात गरेकाे छ ।”

