Advertisement

एमाले कैलालीको सचिवमा उम्मेदवार भट्ट, जबरजस्त 

Advertisement

धनगढी – नेकपा एमाले कैलाली जिल्लाको नवौं अधिवेशनको पूर्व सन्ध्यामा जिल्ला पदाधिकारीको उम्मेदवारी संकलन गरिएको छ । 

पदाधिकारीमा कतिजनाको आकांक्षा छ भनेर बुझ्न र सहमतिको प्रयास गर्नका लागि अधिवेशनमा पहिले नै उम्मेदवारी संकलन गरिएको बुझिएको छ । 

अध्यक्षमा ३ जना र सचिवमा १२ जनाको उम्मेदवारी परेको छ । जसमा सचिवका बलिया उम्मेदवारका रुपमा धनगढीका चूडामणि भट्ट देखिएका छन् । 

लामो समय विद्यार्थी राजनीतिमा सक्रिय रही काम गरेका भट्ट क्याम्पसका प्रारम्भिक कमिटी हुँदै जिल्ला, प्रदेश र केन्द्रीय कमिटीसम्म नेतृत्वदायी भूमिका कुशलता पूर्वक निर्वाह गरिसकेका छन् । 

२०७४ सालमा सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा देशकै ठूला क्यामपसहरु मध्येको कैलाली बहुमुखी क्याम्पसको सभापतिमा अत्याधिक मतका साथ निर्वाचित  भएका थिए । भट्ट एमाले कैलालीका अत्यन्त सानो सानो कुराहरूमा सुक्ष्म अध्ययन गरी निर्णय लिन सक्ने, कुटनीतिक रुपमा पनि निकै अब्बल युवा नेताका रुपमा चिनिने गरिन्छन् ।

नेता कार्यकर्ता बीचमा लोकप्रिय भट्ट कैलालीका १३ वटै स्थानीय तहका प्रतिनिधिका बीचमा अत्यन्त राम्रो सम्बन्ध भएका, सबैलाई समेटेर काम गर्नसक्ने, पार्टी सचिवको रूपमा काम गरेर पार्टीलाई सहज तरिकाले सञ्चालन गर्न सक्ने योग्य उम्मेदवारका रुपमा हेरिएका छन् । 

चासोको विषय त के छ भने यसपटक कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनका सभापति हरूमध्य २ जना डेजी पाण्डे र यज्ञराज ढुङ्गाना अध्यक्षमा र सचिवमा चूडामणि भट्ट ससक्त उम्मेदवारका रुपमा प्रस्तुत भएका छन् । भट्ट दुवै अध्यक्ष पदका उम्मेद्वारका प्रिय पात्रका रुपमा पनि चिनिन्छन् । अध्यक्षमा दुवैजनाको प्रस्तिस्प्रधा भएपनी दुबै अध्यक्षलाई भोट हाल्ने प्रतिनिधिहरूले सचिवमा चूडामणि भट्टलाई नै  भोट हाल्ने देखिन्छ । 

तपाईंको उम्मेदवारी बार्गेनिङको लागि होकी साँच्चिकै चुनाव सम्म जानुहुन्छ भन्ने हाम्रो प्रश्नमा भट्टले भन्छन्, “सबल पार्टी निर्माणका निम्ति सबै नेता कार्यकर्ताको मागपछि उम्मेदवारी दिएको छु चुनाव बाट होस या सहमतिमा जिम्मेवारी लिने हो, मैले अरुजस्तो बार्गेनिङ गर्न र हाल्नकै लागि उम्मेदवारी हालेको होइन । जिल्लाका प्रत्येक पालिका पुगेर हरेक नेताकार्यकर्ता सङ्गको सल्लाह गरेर सबैको आग्रहमा उम्मेदवारी दिएको छु । जिम्मेवारी पाए इमानदारिता पूर्वक काम गर्ने हो ।”

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज