Advertisement

एमाले कैलालीको सचिवमा उम्मेदवार भट्ट, जबरजस्त 

Advertisement

धनगढी – नेकपा एमाले कैलाली जिल्लाको नवौं अधिवेशनको पूर्व सन्ध्यामा जिल्ला पदाधिकारीको उम्मेदवारी संकलन गरिएको छ । 

पदाधिकारीमा कतिजनाको आकांक्षा छ भनेर बुझ्न र सहमतिको प्रयास गर्नका लागि अधिवेशनमा पहिले नै उम्मेदवारी संकलन गरिएको बुझिएको छ । 

अध्यक्षमा ३ जना र सचिवमा १२ जनाको उम्मेदवारी परेको छ । जसमा सचिवका बलिया उम्मेदवारका रुपमा धनगढीका चूडामणि भट्ट देखिएका छन् । 

लामो समय विद्यार्थी राजनीतिमा सक्रिय रही काम गरेका भट्ट क्याम्पसका प्रारम्भिक कमिटी हुँदै जिल्ला, प्रदेश र केन्द्रीय कमिटीसम्म नेतृत्वदायी भूमिका कुशलता पूर्वक निर्वाह गरिसकेका छन् । 

२०७४ सालमा सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा देशकै ठूला क्यामपसहरु मध्येको कैलाली बहुमुखी क्याम्पसको सभापतिमा अत्याधिक मतका साथ निर्वाचित  भएका थिए । भट्ट एमाले कैलालीका अत्यन्त सानो सानो कुराहरूमा सुक्ष्म अध्ययन गरी निर्णय लिन सक्ने, कुटनीतिक रुपमा पनि निकै अब्बल युवा नेताका रुपमा चिनिने गरिन्छन् ।

नेता कार्यकर्ता बीचमा लोकप्रिय भट्ट कैलालीका १३ वटै स्थानीय तहका प्रतिनिधिका बीचमा अत्यन्त राम्रो सम्बन्ध भएका, सबैलाई समेटेर काम गर्नसक्ने, पार्टी सचिवको रूपमा काम गरेर पार्टीलाई सहज तरिकाले सञ्चालन गर्न सक्ने योग्य उम्मेदवारका रुपमा हेरिएका छन् । 

चासोको विषय त के छ भने यसपटक कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनका सभापति हरूमध्य २ जना डेजी पाण्डे र यज्ञराज ढुङ्गाना अध्यक्षमा र सचिवमा चूडामणि भट्ट ससक्त उम्मेदवारका रुपमा प्रस्तुत भएका छन् । भट्ट दुवै अध्यक्ष पदका उम्मेद्वारका प्रिय पात्रका रुपमा पनि चिनिन्छन् । अध्यक्षमा दुवैजनाको प्रस्तिस्प्रधा भएपनी दुबै अध्यक्षलाई भोट हाल्ने प्रतिनिधिहरूले सचिवमा चूडामणि भट्टलाई नै  भोट हाल्ने देखिन्छ । 

तपाईंको उम्मेदवारी बार्गेनिङको लागि होकी साँच्चिकै चुनाव सम्म जानुहुन्छ भन्ने हाम्रो प्रश्नमा भट्टले भन्छन्, “सबल पार्टी निर्माणका निम्ति सबै नेता कार्यकर्ताको मागपछि उम्मेदवारी दिएको छु चुनाव बाट होस या सहमतिमा जिम्मेवारी लिने हो, मैले अरुजस्तो बार्गेनिङ गर्न र हाल्नकै लागि उम्मेदवारी हालेको होइन । जिल्लाका प्रत्येक पालिका पुगेर हरेक नेताकार्यकर्ता सङ्गको सल्लाह गरेर सबैको आग्रहमा उम्मेदवारी दिएको छु । जिम्मेवारी पाए इमानदारिता पूर्वक काम गर्ने हो ।”

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज