
बाजुरा – बाजुरा सदरमुकाम मार्तडीदेखि कोल्टीसम्म चल्ने बस सेवा विवादका कारण रोकिएको छ ।
स्थानीय तह र स्थानीय प्रशासनले कोल्टीसम्म बस सेवा सञ्चालन गर्ने तयारी गरे पनि बस व्यवसायीले सडकको अवस्था देखाउँदै रोकेका हुन ।
गत माघ १३ गते प्रमुख जिल्ला अधिकारी, स्थानीय तह र बस व्यवसायीबिचको सहमतिमा जयमालिका यातायातको ना. ५ ख २०४१ नम्बरको बस मार्तडीबाट कोल्टीसम्म पुर्याइएको थियो ।
बस व्यवसायीले सडक राम्रो नभएको र दुर्घटनाको जोखिम रहेकाले बस चलाउन समस्या भएको बताइन्छ ।

