Advertisement

धनगढीमा जारी ‘सिसिएस प्लस टु’को फाइनल समिकरण पुरा

Advertisement

धनगढी – धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर विद्यालय स्तरिय फुटवल प्रतियोगिताको फाइनल समिकरण पुरा भएको छ । 

बिहिबार धनगढी रगंशालामा भएका फाइनल चरणका २ खेल सम्पन्न भए संगै ‘सिसिएस प्लस टु’ कप फुटवलको सेमि फाइनल पुग्ने टोलीको टुंगो लागेको हो ।

सिसिएस प्लस टु’ बी, र अत्तरिया स्थित होलिल्याण्ड सेकेन्ड्री स्कुल सिसिएस प्लस टु’ फुटवल कपको उपाधिका लागी भिड्ने छन् ।

फाइनल चरण अन्तर्गत आज भएको पहिलो खेलमा सिसिएस प्लस टु’ बी ले धनगढी स्थित त्रिनगर माध्यमिक विद्यालयलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधिका लागी आफुलाई उभ्याएको छ । 

प्रतियोगिताको सेमि फाइनल पुगेको त्रिनगर माध्यमिक विद्यालयले भने फाइनल चरणको खेल बाटै बाहिरिनु परेको छ । आजै सम्पन्न प्रतियोगिताको दोश्रो फाइनल चरणको खेलमा अत्तरिया स्थित होलिल्याण्ड सेकेन्ड्री स्कुलले धनगढीको एलायन्स इन्टरनेश्नल स्कुललाई ४–१ गोल अन्तरले हराउँदै आफ्नो फाइनल यात्रा तय गरेको हो । 

प्रतियोगिताको सेमि फाइनल खेलमा होलिल्याण्ड सेकेन्ड्री स्कुल र एलायन्स इन्टरनेश्नल स्कुल बीचको खेल १–१ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टीमा गएको थियो । धनगढी रंगशालामा भएको खेलको निर्धारित ६० मिनेटमा १–१ को बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा होलिल्याण्ड सेकेन्ड्री स्कुलले ४ गोल हान्दा एलायन्सले त्यसको प्रतिकारमा १ गोल मात्रै फिर्ता गर्न सक्यो । फाइनल चरणको यो खेल संगै होलिल्याण्ड सेकेन्ड्री स्कुल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ भने, एलायन्स इन्टरनेश्नल स्कुल बाहिरिएको छ । 

फाइनल चरणको खेल बर्षातका कारण १९ अथवा २० गते गर्ने निश्चित भएको छैन । १६ विद्यालय सहभागी प्रतियोगितामा ९ देखी १२ कक्षासम्म अध्यायनरत विद्यार्थीहरुको सहभागिता छ । प्रतियोगिताको प्रथम पुरस्कार ६५ हजार नगद सहित ट्रफी, मेडल, दोश्रो पुरस्कार ३५ हजार नगद सहित ट्रफी, मेडल रहेको छ । प्रतियोगिताको उत्कृष्ठ खेलाडीले नगद ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ठ गोलकर्ता र उत्कृष्ठ गोलरक्षकलाई जनही नगद २ हजार ५ सय तथा मेडल र प्रमाणपत्र उपलब्ध गराइने स्कुलका प्रिन्सिपल तिर्थ फुलाराले बताए । प्रतियोगितामा ह्याट्रिक गर्ने खेलाडीलाई नगद १ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज