
सर्जक :- सत्य उपाध्याय ‘विजया’
भित्र भित्रै जलेको छ मन केहि दिनदेखि
कसैलाइ देखेर परिवर्तन केहि दिनदेखि
वर्षौं पुरानो तस्बिर मुस्कान लिएर आयो
ज्यादै सम्झिरहेछु बचपन केहि दिनदेखि
बर्खाले एकछिन पनि बर्शिन नछोडेपछि
चुहिने छानो सङै रुझे नयन केहि दिनदेखी
आफ्ना बनेका हरुले लडाउदा सम्झिरहेछु
आमाको काख बा को गर्दन केहि दिनदेखि
मनले मनलाइ नै जिन्दगी बारे प्रश्न गरेपछि
बसेका छन जवाफ अनशन केहि दिनदेखि

