Advertisement

डडेल्धुराको भागेश्वर गाउँपालिकालाई सदरमुकाम तोक्न सकस

Advertisement

डडेलधुरा – भारतसँग सीमा जोडिएको भागेश्वर गाउँपालिकाले सदरमुकाम तोक्न सकेको छैन । गाउँपालिकाको मुकाम कहाँ राख्ने भन्ने विषयमा टुङ्गो लगाउन नसक्दा जनप्रतिनिधिको आलोचना बढ्दै गएको छ । 

मुकामको नै टुङ्गो लगाउन नसक्ने पालिकाका जनप्रतिनिधिले अरू विकासका काम कसरी गर्न सक्लान् र भनेर स्थानीयले चर्काे आलोचना गरेका छन् । 

तत्कालीन तीन वटा गाउँ विकास समिति बगरकोट, भागेश्वर र रुपाललाई गाभेर भागेश्वर गाउँपालिका स्थापना गरिएको थियो । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपछि भागेश्वर गाउँपालिका–४ मा परेको बगरकोटलाई नै अस्थायी मुकाम बनाई हालसम्म कार्यसम्पादन गरिँदै आएको छ । 

विसं २०७५ पुस १३ गते तत्कालीन गाउँ सभाले गाउँपालिकाको मुकाम तीन वटै गाउँपालिकाको सिमाना जोडिएको क्षेत्र टप्वा वा गुवाडीमा तोक्ने निर्णय भएको स्थानीय दीपक महताले बताए । 

सोही विषयमा भएको एक छलफल कार्यक्रममा वडा नम्बर १, २, ३ र ५ का स्थानीयले गाउँ सभाले निर्णय गरेको टप्वा र गुवाडी क्षेत्रमा मुकाम तोक्ने भनेर गरेको निर्णय लागु गर्नुपर्ने मत राखेका छन् । 

वडा नम्बर ४ का स्थानीयले भने सो क्षेत्रमा जङ्गल भएकाले सेवासुविधा प्रवाह गर्न नसकिने भन्दै मुकाम तोक्न सकिने मापदण्डको पालना गर्नुपर्ने सुझाव राखे । 

सुरक्षा, खानेपानीलगायतका अन्य सेवासुविधाको ख्याल गरेर गाउँपालिकाको मुकाम तोकिनुपर्ने वडा नम्बर ४ वासीको भनाइ थियो । स्थानीय रामबहादुर ठकुराठीले चुनावका वाचा र गाउँ सभाले गरेको निर्णय लागु गर्नुपर्ने बताए । हाल गाउँपालिकामा नेपाली कांग्रेसको स्पष्ट बहुमत रहेको उल्लेख गर्दे उनले राय सुझाव, छलफल गर्नुभन्दा पनि चाँडो मुकामको टुङ्गो लगाउनुपर्ने बताए । -गोरखापत्रबाट 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज