Advertisement

बर्दगोरिया माघी मेला : आइतबार राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुति रहने

Advertisement

बर्दगोरिया – कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा लागेको ‘बर्दगोरिया धार्मिक पर्यटकीय माघी मेला’मा पौष २९ गते आइतबार विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति हुने भएको छ ।

मेलाको तेस्रो दिन तथा पौष २९ गते विद्यालय स्तरीय नृत्य प्रतियोगितासँगै चर्चित कलाकारको प्रस्तुति रहने कार्यक्रम संयोजक वीर बहादुर चौधरीले जानकारी दिएका छन् ।

बर्दगोरिया विकास क्षेत्र तथा संरक्षण मञ्चको आयोजनामा भई रहेको धार्मिक पर्यटकीय सांस्कृतिक माघी मेलामा पौष २९ गते चर्चित थारु गायक रमेश मिसन,आधुनिक गायक भरत ताम्राकार, चर्चित डान्सर सदिक्षा चौधरी, नेहल्जा चौधरी लगायत स्थानीय डान्स एकेडेमीका प्रस्तुतिहरू रहनेछन् ।

माघी मेलाको माध्यमबाट बर्दगोरिया धार्मिक क्षेत्रको विकास प्रचारप्रसार र पहिचानको संरक्षणका साथै आन्तरिक पर्यटकलाई प्रवर्द्धन गर्ने गरी मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।

बर्दगोरिया धाममा पूर्वकालदेखि नै माघी मेला लाग्दै आएको छ । विशेषत थारु जातिको नयाँ वर्षको रुपमा लिँदै आएको माघ

महिनामा कैलाली र बर्दियाका विभिन्न क्षेत्रमा  मेला लाग्ने गर्दछ ।  साथै माघि मेलाको अवसरमा भारतका तिकुनिया, शिंघाईबाट भक्तजन तथा पर्यटक अवलोकनका लागि आउने गरेका छन् ।

परापूर्व कालदेखि पौराणिक महत्व बोकेको कन्या राजाको दरबार, साईबाबा मन्दिर, शिव मन्दिर, कुवा, पिरुवा, पुरेनाताल, राम जानकी मन्दिर, झरझरीया पिकनिक स्थल,  ठाकुरद्वारा पिकनिक स्थलको पनि मेलामा प्रचार प्रसारण गरिने जानकारी गराईएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज