Advertisement

बाजुरामा जङ्गलमा खेर गएको मेलको खुदो बजारमा

Advertisement

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिका –८ पाण्डुसैनका स्थानीय महिलाले पछिल्लो समय वनमा पाकेर सधैँ खेर जाँदै गरेको मेलबाट खुदो बनाउने काम सुरु गरेका छन् । 

असोजदेखि मङ्सिरसम्म बुढीनन्दा नगरपालिकाको मेलापात वन जङ्गलमा पाकेर सधैँ खेर जाँदै गरेको मेलबाट यहाँका स्थानीय महिलाले खुदो बनाउने गरेका हुन् ।

पाकेको मेलबाट बनेको खुदोले गाई, भैँसी, भेडा, बाख्रालगायतका जनावरलाई आउँमासी झाडापखाला तथा दिसा पिसाबमा रगत आउने रोगलाई निको पार्ने भएकोले पछिल्लो समय यहाँका महिलाहरूले मेलको खुदो पार्ने गरेको बुढीनन्दा नगरपालिका –८ खिन्तुरी रोकायाले बताइन् ।

पहिलेको पुस्ताले मेलको खुदो बनाएर गाउँ गाउँमा लगेर बिक्री गर्ने गर्थ्याे । अहिलेको पुस्तालाई यसको बारेमा खासै जानकारी नहुँदा बिक्री गर्न समस्या भएको रोकायाले बताइन् ।

बुढा पाखाले तमाखुमा हालेर खाने गरेकोले गाउँ घरमा भने केही मात्रामा मात्र बिक्री हुने गरेको भए पनि बाहिर भने कतै माग नभएको रोकायाले बताइन् । 

बाजुराको हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा, गौमुल बडिमालिका, त्रिवेणी, बुढीगङ्गा र खप्तडछेडेदह लगायतका गाउँपालिकाका अधिकांश ठाउँमा मेल प्रशस्त पाइन्छ । 

तर त्यो मेल त्यत्तिकै खेर जाने गरेको छ । यसलाई स्थानीय सरकारले सदुपयोग हुने गरी कार्यक्रम ल्याउने हो भने यहाँका बेरोजगार युवालाई घरमै काम पाइने सम्भावना छ ।

असोजदेखि मङ्सिरसम्म पाक्ने यो मेल अहिले पनि गाउँमा त्यत्तिकै खेर गइरहेको छ । खाँदा गुलियो र स्वादिलो हुने मेल मानव स्वास्थ्यका लागि निकै उपयोगी छ । तर यसको प्रयोग भने कमै हुने गरेको छ ।

गाउँमा बनेको मेलको खुदोलाई अहिलेको स्थानीय सरकारले देशका विभिन्न सहरमा लिने गरी आर्थिक लगानी गर्ने हो खुदोबाट नै यहाँका स्थानीयको पेट पाल्ने सक्ने रोकायले बताइन् । -गोरखापत्रबाट 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज