Advertisement

अन्तर प्रदेश स्तरीय उसु प्रतियोगिता : सुदूरपश्चिमको ऐतिहासिक जीत

Advertisement

धनगढी – हेटौडा स्थित मकवानपुरमा आयोजित अन्तर प्रदेश स्तरीय उसु प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले ऐतिहासिक जीत हात पारेको छ।

मकवानपुर उसु संघले आयोजना गरेको अन्तर प्रदेश स्तरीय राष्ट्रिय उसु प्रतियोगितामा २२ मध्य १४ स्वर्ण सुदूरपश्चिमले हात पारेको छ।

प्रतियोगितामा दुई रजत र चार कास्य पदक समेत सुदूरपश्चिम प्रदेशले जीतेको छ। प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कुल २० पदक जीतेको छ।

पुस ११ र १२ सञ्चालन भएको प्रतियोगिता अन्तर्गत महिला तर्फ ४८, ५२, ५६, ६० र ७० किलो तौल समूह विच प्रतिष्पर्धा गराइएकोमा ४८, ५२, ५६ र ६० किलो तौल समूह तर्फ सुदूरपश्चिम प्रदेशले स्वर्ण पदक हात पारेको खेलका निर्णायक तथा कैलाली जिल्ला खेलकुद विकास समितिमा कार्यरत उसु सहायक प्रशिक्षक तथा अन्तरराष्ट्रिय प्रशिक्षक रतन खातिले बताए।

यसैगरी पुरुष तर्फ ४८, ५२, ५६, ६०, ६५, ७०, ७५ र ८० किलो तौल सहुम बिच प्रतिस्पर्धा गराइएकोमा ४८ किलो तौल बाहेक सवै स्वर्ण सुदूरपश्चिम प्रदेशले जीतेको निर्णायक खातिले बताए।

प्रतियोगितामा ४८ किलो तौल समूहबाट सुदूरपश्चिमका लागि खेलेकी स्वर्ण पदक विजेता अस्मिता गाहामगर उत्कृष्ठ खेलाडी चुनिइन्।

सुदूरपश्चिम प्रदेशबाट पहिलो अन्तरराष्ट्रिय च्याम्पियन उसु प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गरेकी अलिसा खातीले छियाङ्सु÷चेन्सु विधामा स्वर्ण पदक जित्न सफल भइन् भने, थाइची छ्वान् अलराण्डडरमा कुँवरले स्वर्ण पदक हात पारेकी हुन्। 

त्यसैगरी महिला थाङछ्वानमा सुपकी दीपिका चौधरीले स्वर्ण हात पारिन्। सुदूरपश्चिमको उसु टोलीमा राजकुमार राना र नवीन गाहामगरले प्रशिक्षक रहेका थिए।

प्रतियोगितामा ४ स्वर्ण, ९ रजत र ६ कास्य गरी १९ पदकका साथ बागमती प्रदेश उसु टीम दोश्रो तथा ३ स्वर्ण, ६ रजत र ६ कास्य सहीत १५ पदक जीत्दै आयोजक मकवानपुर उसु संघ तेस्रो भएको हो । प्रतियोगितामा एक स्वर्ण गण्डकीले जित्दा अन्य ५ प्रदेशले भने स्वर्ण पदक जित्न नसकेको निर्णायक खातीले बताए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज