Advertisement

कञ्चनपुरमा एक वर्षमा सक्नुपर्ने पुल सात वर्षसम्म अलपत्र 

Advertisement

धनगढी – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुल एक वर्षमा काम सक्ने गरी २०७३ सालमा निर्माण सम्झौता भएको थियो । तर पटक पटक म्याद भएर सात वर्ष बिती सक्दा समेत अझै काम अलपत्र छ । 

पुल नहुँदा स्थानीय बासीले सास्ती खेप्नु परेको छ । पुल निर्माणको ठेकेदार र निर्माणको नियमन गराउने सडक डिभिजन कार्यालय महेन्द्रनगरका कर्मचारीको मिलेमतो रहेको आरोप स्थानीय बासीले लगाएका छन् । सात वर्षसम्म काम नसक्दा ठेक्का तोडेर अन्य कम्पनीलाई दिन नसक्नु र ठेकेदारसँग कर्मचारीको उठबसका कारण स्थानीय बासीले सास्ती खेप्नु परेको स्थानीय दिलबहादुर खत्रीले बताए ।

विसं २०७३ भदौ १७ गते थेगिम गाल्वा जेभीले रु पाँच करोड ४७ लाखमा ओदाल खोलाको पुल निर्माणको ठेक्का पाएको थियो । सुरुआतमा विसं २०७४ फागुन १५ गते पुल निर्माण गरिसक्नुपर्ने अवधि थियो । तर पटक पटक म्याद थप गर्दा पनि अहिलेसम्म पुल तयार हुन सकेको छैन । पछिल्लो पटक म्याद थप गरेर विसं २०७८ चैत ३० गते काम सक्नुपर्ने भए पनि अझै निर्माण सम्पन्न नभएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलले स्वीकार गरे । किन काम हुन सकेन र ठेक्का तोडेर अरूलाई किन दिन सकिएन भन्ने प्रश्नमा उनले जवाफ दिन सकेनन् । 

सात वर्ष बितिसक्दा पनि पुल तयार नहुँदा स्थानीय बासिन्दा आशै आशामा सास्ती भोगिरहेका छन् ।  पक्की पुल नहुँदा बर्सातमा उर्लेर आउने ओदाल खोला वारिपारि गर्न सकस पर्ने गरेको स्थानीय घनश्याम साउँदले बताए । “बर्खामा खोला निकै आउँछ । बिरामी तथा विद्यार्थीलाई ओहोरदोहोर गर्नै समस्या हुन्छ”, उनले भने, “पुल नहुँदा ज्यान जोखिममा पारेर आवतजावत गर्नुपर्छ ।”

ठेकेदार कम्पनीको लापरबाही त हो नै तर कर्मचारीको मिलेमतो विना यस्तो सम्भव हुँदैन त्यसैले अहिलेसम्म पुल निर्माण हुन नसकेको अर्का स्थानीय दिलबहादुर खत्रीले बताए । “सुविधा सम्पन्न बाटो तथा पुल नहुँदा कोही बिरामी परे पनि लैजान गाह्रो हुन्छ । एम्बुलेन्स आउन मान्दैन”, उनले भने, “समयमै अस्पताल पुर्याउन नसक्दा कतिपयले बाटोमै ज्यान पनि गुमाएका छन् ।” 

ओदाल खोलामा पुल नहुँदा स्थानीय अहिले खोलाकै धुलाम्य कठिनाइपूर्ण बाटो प्रयोग गर्न बाध्य छन् । पुल निर्माण भए सुन्दरीफाँटा, दोमिल्लालगायत सो क्षेत्रका स्थानीय लाभान्वित हुनेछन् । “पुल निर्माण हुने भनेको यत्रो समय बितिसक्दा पनि अहिलेसम्म बनेको छैन”, स्थानीय गणेश रावतले भने, “हामी पीडामा छौँ । अब त पुल निर्माण हुन्छ भन्ने आशा पनि मरिसक्यो ।” 

“पटक पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले काम अघि नबढाएको कार्यालयले जनाएको छ । उपकरण ल्याएर केही दिन काम गरेजस्तो देखाउने गरेको पाइएको छ”, उनले भने, “निर्माणमा लापरबाही र ढिलासुस्ती गर्ने कम्पनीलाई जरिवाना पनि तिराएका छौँ ।” उनका अनुसार पुल निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई ठेक्का छोड्न परिपत्र गर्ने तयारीसमेत भइरहेको छ । पुलको निर्माण गर्नुपर्ने दुई वटा स्पानमध्ये एउटा मात्रै निर्माण सम्पन्न भएको छ । – रासस

प्रतिक्रिया

छुटाउनुभयो कि ?

जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर

जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर

धनगढी- भालुको आक्रमणबाट गम्भीर घाइते भएकी अछामको रामारोशन गाउँपालिका-६, भाटाकाटियाकी अम्बी साउँदको स्वास्थ्य अवस्था बुझ्न नेकपा (ए...
भदौ २२ गते छबिसपाथिभेरा गाउँपालिकामा सार्वजनिक विदा

भदौ २२ गते छबिसपाथिभेरा गाउँपालिकामा सार्वजनिक विदा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिकाले सुदूरपश्चिमकै धार्मिक ऐतिहासिक तथा सांस्कृतिक बिर्सती मेलाको अवसरमा सार्वजनिक विदा दिएको छ...
अपिहिमालको भट्टार पहिरो : राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि प्रदेश सरकारसँग सहयोग माग

अपिहिमालको भट्टार पहिरो : राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि प्रदेश सरकारसँग सहयोग माग

धनगढी- दार्चुलाको अपिहिमाल गाउँपालिका-१ भट्टार बस्तीमा गएको पहिरोबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको ...
बझाङको थलिनौबिस क्षेत्रमा बिर्सती मेलाको रौनक, खेलकुदसँगै देउडा र राष्ट्रिय कलाकारको प्रस्तुति

बझाङको थलिनौबिस क्षेत्रमा बिर्सती मेलाको रौनक, खेलकुदसँगै देउडा र राष्ट्रिय कलाकारको प्रस्तुति

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका- ६ र दुर्गाथली गाउँपालिका-५ र ७ को मध्यबिन्दुमा लाग्ने ऐतिहासिक तथा धार्मिक बिर्सती मेलाको र...
सुदूरपश्चिममा गौरा पर्वको उल्लास, आज अठवाली मनाइँदै

सुदूरपश्चिममा गौरा पर्वको उल्लास, आज अठवाली मनाइँदै

धनगढी- सुदूरपश्चिम प्रदेशमा परम्परागत तथा सांस्कृतिक पर्व गौरा मनाउने क्रम जारी छ। गौरा पर्वको मुख्य दिन मानिने अठवाली अर्थात् अष्...
गौरीगङ्गा नगरपालिकाले रसुवाका विपद् प्रभावितका लागि ३८ लाख रुपैयाँ सहयोग गर्ने

गौरीगङ्गा नगरपालिकाले रसुवाका विपद् प्रभावितका लागि ३८ लाख रुपैयाँ सहयोग गर्ने

कैलाली- कैलालीको गौरीगङ्गा नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन...
बझाङको गर्जेपानी माविलाई धनगढीको चैतन्य पाठशालाद्वारा पोसाक प्रदान

बझाङको गर्जेपानी माविलाई धनगढीको चैतन्य पाठशालाद्वारा पोसाक प्रदान

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका-१ रायलमा रहेको गर्जेपानी माध्यमिक विद्यालयमा अध्यनरत बिद्यार्थीलाई पोशाक प्रदान गरिएको छ । कैल...
बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज