Advertisement

चुनावी अभियानमा बझाङका सबै जनता माझ भिज्दै ऐन महर

Advertisement

नेकपा (एमाले) बझाङले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएको छ । घरदैलो अभियान अन्तर्गत प्रतिनिधिसभा सदस्यका उम्मेदवार ऐन महरसहितको टोली वित्थडचिर गाउँपालिकाका विभिन्न वडाबाट बुंगल नगरपालिकाका विभिन्न वडामा पुगेको छ ।

महरसँग प्रतिनिधी सभा समानुपातिक तर्फकी उम्मेदवार भागरथी सिंह पनि छन् । उम्मेदवारको टोली गाउँ पुग्दा स्थानीय निकै खुसी भएको र फूलमाला र अबिर लगाएर स्वागत गरिरहेका छन् ।

‘बुंगल क्षेत्रकै दुर्गम मानिएका बस्तीमा प्रतिनिधिसभा उम्मेदवार महर नेतृत्वको टोली पुग्दा जनतामा छुट्टै आशाको किरण पलाएको छ,’ टोलीमा सहभागी एमाले नेता महेश जोशीले भने, ‘जनतामा एमालेप्रतिको भरोसा प्रष्टै देखिन्छ ।’

युवादेखि महिला, वृद्धवृद्धासम्मले उम्मेदवारहरुलाई निर्वाचनमा मत दिएर जिताउने आर्शिवाद दिएको उनको भनाई छ । बुंगलमा कांग्रेसको जनमत भएको क्षेत्र हो ।

‘हाम्रो पार्टीको उम्मेदवारी नभएकाले हामी तपाईलाई सहयोग गछौ । स्थानीयले महरसँग गरेको कुराकानी उद्धृत गर्दै जोशीले भने, ‘जनताले पुनः एमाले जितोस् भन्ने चाहेका छन् ।’

यस्तै प्रदेशसभा (क) का उम्मेदवार अफिलाल ओखेडा नेतृत्वको टोली तलकोट गाउँपालिकामा र प्रदेश (ख) का उम्मेदवार लाल बहादुर रावल (एलवी) केदारस्युँ गाउँपालिकामा घरदैलोमा छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज