Advertisement

लैङ्गिक हिंसाविरुद्ध  १६ दिने अभिमुखिकरण तथा सचेतना कार्यक्रम सम्पन्न 

Advertisement

धनगढी – बझाङको बित्थडचिरमा लैङ्गिक हिंसाविरुद्ध  १६ दिने अभिमुखिकरण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

बित्थडचिर गाउँपालिका वडा नम्बर ९ को आयोजनामा शुक्रबार सुनकुडा माध्यमिक विद्यालयमा भएको उक्त कार्यक्रममा  विद्यालयको प्राङ्गणमा र्‍याली निकालिएको हो ।  

उक्त र्‍यालीमा हजारौं विद्यार्थी, शिक्षक, जनप्रतिनिधि र पत्रकारलगायतको बाक्लो उपस्थिति रहेको थियो ।  र्‍यालीमा विभिन्न किसिमका नारा प्लेकार्ड, ब्यानरसहित बजार परिक्रमा गरेर विद्यालयमा अनौपचारिक कार्यक्रम गरिएको हो ।

कार्यक्रम बित्थडचिर गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ९ का वडा अध्यक्ष, हरिश्चन्द्र जोशीको अध्यक्षता र जिल्ला अदालतका न्यायाधीश, नन्दकिशोर यादवको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला अदालतका श्रेशदार, सुनकुडा माध्यामिक विद्यालयका प्रधानाध्यापक रहेका थिए भने प्रहरी वेश देउलेखका प्रहरी प्रमुखलगायत अतिथि रहेका थिए ।

पालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सरिता अवस्थिले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

कार्यक्रममा लैङ्गिक हिंसासम्बन्धी गीत, नृत्य र नाटकलगायतका कार्यक्रम गरिएका थिए । साथै जनचेतनामूलक तथा नियम कानूनसम्बन्धी जानकारी गराईएको थियो ।  

कार्यक्रम आजसम्मकै भव्य र जनचेतनामूलक रहेकाे प्रहरी वेश देउलेखका प्रमुख धनसिंह ठकुन्नाले बताए । 

कार्यक्रमबाट लैङ्गिक हिंसा केही हदसम्म कम हुने विश्वास पनि लिइएको छ भने  लैङ्गिक हिंसा रोकथामका लागि विभिन्न एनजीओ आईएनजीओ नेपाल सरकार स्थानीय सरकारको ठुलो लगानी रहेको छ । तर उदेश्य अनुसार रिजल्ट दिन नसकिएको प्रवक्ता जोशीले बताए ।  

पूर्ण रूपमा लैङ्गिक हिंसा अन्त्य गर्न सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्न पनी वडा अध्यक्ष जोशीले आग्रह गरेका छन् । 

नेपालमा पनि ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ मनाइँदैछ । 

अभियानको सन्दर्भमा सरकारी र गैरसरकारी क्षेत्रबाट देशभरी विभिन्न सचेतनामूलक कार्यक्रमहरू सन्चालन हुँदैछ । सबै क्षेत्रमा महिलाहरुको सम्मानजनक उपस्थिति र सहभागिता सुनिश्चित भएमात्रै महिलामाथि हुने हिंसाको अन्त्य हुने प्रवक्ता जोशीले बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज