Advertisement

‘एनसेल प्रकरणमा छानबिन समिति अलमल्याउने कुरा मात्र’

Advertisement

कैलाली – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल खरिदबिक्री प्रकरणमा सरकारले छानबिन समिति बनाउने नभई सिधै कारबाही गर्नुुपर्ने बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सभापति लामिछानेले छानबिन गर्छु भन्नु अलमल्याउने कुरा मात्र भएको बताए ।

‘अहिले जुन खरिदबिक्री भएको छ, भएको हो कि होइन ? होइन भने किन बबाल गरेको ? हो रहेछ भने सरकारले त्यसबापत प्राप्त गर्नुपर्ने कर रकम पायो कि पाएन ? पाएको छैन भने त्यो गैरकानुनी हो कि होइन । गैरकानुनी हो भने सत्ता गठबन्धन, सर्वदलीय बैठक बस्ने कि छल्ने मानिसलाई गएर समात्ने हो ?’ उनले प्रश्न गरे ।

एनसेलको सेयर स्वामित्व खरिद बिक्रीमा नेपालको कर छली भएको हो भने तत्काल कारबाही हुनुपर्ने लामिछानेको भनाइ छ ।

‘कर छली गरिसकेपछि कारबाही हुनुपर्छ, केको लागि यो समिति ? बृहत छानबिन सुरुवातदेखि आजसम्मको छानबिन गरौँ । तर तत्काल कारबाही हुुनपर्छ, कर छली भएको हो भने’ उनले भने ।

एनसेल खरिद बिक्री प्रकरणमा सरकारले छानबिन समिति गठन गरेर अलमल मात्र गर्न खोजेको टिप्पणी गरे ।

एनसेल प्रकरणमा राजनीतिक दलको संलग्नताको विषय पनि छानबिन हुनुपर्ने उनको भनाइ छ । रास्वपाको बुधबार बसेको सचिवालय बैठकले प्रवास नेपाली सम्पर्क विभागको कार्यविधि पास गरेको छ ।

यो कार्यविधि पारित भएसँगै विदेशमा रहेका नेपाली पार्टीमा जोडिन बाटो खुलेको रास्वपाका उपसभापति डीपी अर्यालले बताए । रास्वपाको सचिवालय समिति २१ सदस्यीय हुने सभापति लामिछानेले बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज