Advertisement

रुस–युक्रेन युद्धमा तीन नेपालीको मृत्यु : ९ दिनपछि घटना सार्वजनिक

Advertisement

कैलाली – रुस युक्रेन युद्धमा तीन जना नेपालीको ज्यान गएको घटना ९ दिनपछि सार्वजनिक भएको छ । 

रुसको मस्कोमा रहेको नेपाली दूतावासले गएको ८ गते सूचना निकालेर रुसी सेनामा कार्यरत रहेका तीन जना नेपालीको कात्तिक २९ गते ज्यान गएको जानकारी गराएको हो । 

रुसी सेनालाई हवाला दिँदै नेपाली दूतावासले स्याङ्जाको पुतलीबजार नगरपालिका ५ ठूलास्वाँराका पितम कार्की, दोलखाको मेलुङ गाउँपालिका ६ सुनारपानीटोलका राजकुमार रोका र इलामको इलाम नगरपालिका ५ का गंगाराज मोक्तानको ज्यान गएको जनाएको छ ।

नेपाली दूतावासले रुसी सेनामा कार्यरत उनीहरुको ज्यान कुन अवस्थामा गएको भन्ने जानकारी भने उल्लेख गरेको छैन । दूतावासले ज्यान गुमाएकाका परिवारलाई घटना बारे जानकारी दिन र शवको व्यवस्थापनका लागि सहजिकरण गरिदिन नेपालमा रहेको कन्सुलर सेवा विभागलाई अनुरोध गरेको छ ।

परराष्ट्र मन्त्रालयले घटनाको बारेमा जानकारी लिने प्रयास भइरहेको प्रतिक्रिया दिएको छ । रुस युक्रेनबीच २०७८ साल फागुन १२ गतेदेखि युद्ध चलिरहेको छ । युद्धका कारण लाखौँ मानिस विस्थापित भएका छन् भने झण्डै १० हजार मानिसको ज्यान गएको छ । 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज