बाजुरा- तिहार पर्वको सार्वजनिक बिदाका बीच पनि बाजुरा जिल्ला अदालत सञ्चालनमा रहने भएको छ। अदालतले सूचना जारी गर्दै दीपावलीको बिदा अवधिमा शनिबारबाहेक अन्य दिन सेवा प्रवाह गर्ने जनाएको हो।
जिल्ला अदालतका अनुसार बिदाका दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला रहनेछ।
उक्त समयमा बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदनको सुनुवाइ गर्नुका साथै पक्राउ पुर्जी जारी गर्ने अनुमति प्रदान गर्नेलगायतका न्यायिक कार्य सम्पादन गरिने अदालतले जनाएको छ।


