कैलालीमा चरेशसहित तीन युवक पक्राउ
धनगढी- कैलालीमा अवैध लागूऔषध चरेशसहित तीन जना युवक पक्राउ परेका छन्।
जिल्लाको कैलारी गाउँपालिका–१ हसुलियाबाट ३ ग्राम २७५ मिलिग्राम चरेशसहित कैलारी गाउँपालिका–४ का २० वर्षीय अजय चौधरी, २२ वर्षीय सुकराज चौधरी र २० वर्षीय निखिल चौधरी पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले आइतबार राति लु.प्र. ०३–००१ प २२८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शङ्का लागेर जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारेको जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...




