२५ वर्षकी गुमाको शंकास्पद मृत्यु : श्रीमान सहित अन्य प्रहरी नियन्त्रणमा
Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी : धनगढी उपमहानगरपालिका–१९ की २५ वर्षीया गुमादेवी जोशीको शंकास्पद मृत्यु भएको भन्दै माइती पक्षले निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
माइती पक्षले गुमादेवीलाई कुटपिट गरी हत्या गरिएको आशंका गरेको छ। मृतकका दाजु टीकाराम जोशीका अनुसार असोज ८ गते राति उनका श्रीमान् तेजराज जोशी, सासुसहित घरका सदस्यले गुमादेवीलाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएका थिए।
टीकारामका अनुसार गुमादेवी र उनका श्रीमान्बीच लामो समयदेखि विवाद हुँदै आएको थियो। असोज ८ गते दिउँसो माइती जान्छु भनेपछि उनलाई रोकिएको र राति कुटपिट गरेर गम्भीर घाइते बनाएपछि उपचारका लागि कैलाली अस्पताल लगिएको उनले बताए।
‘श्रीमान्–श्रीमतीबीच लामो समयदेखि झगडा भइरहेको हामीले जानकारी पाएका थियौं,’ टीकारामले भने, ‘असोज ८ गते दिउँसो माइत जान्छु भन्दा बहिनीलाई रोकेछन्। राति कुटपिट गरेर गम्भीर घाइते बनाएपछि उपचारका लागि अस...

