भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष) पदमा उम्मेदवारी घोषणा गरेका छन्।
लामो समयदेखि कांग्रेसको संगठन निर्माणमा सक्रिय बम पार्टीभित्र अनुभवी नेता तथा समाजसेवीका रूपमा परिचित छन्। उनले नेपाल विद्यार्थी संघ कैलाली जिल्ला सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका थिए। त्यसपछि नेपाल तरुण दल जिल्ला सदस्य, नेपाली कांग्रेस क्षेत्रीय सदस्य, जिल्ला पार्टी सदस्य हुँदै महाधिवेशन प्रतिनिधिसम्मको जिम्मेवारी सम्हालिसकेका छन्।
राजनीतिसँगै सामाजिक तथा सहकारी अभियानमा समेत सक्रिय बमले राष्ट्रिय सहकारी महासंघमा तीन कार्यकाल नेतृत्व गर्दै सहकारी क्षेत्रको विकासमा योगदान पुर्याएका छन्। हाल नेपाली कांग्रेसबाट निर्वाचित गौरीगंगा नगरपालिकाका उपप्रमुख रहेका बम विभिन्न सामाजिक गतिविधिमा समेत सक्रिय छन्।
उम्मेदवारी घोषणा गर्दै...

