Advertisement

Day: २०८३ आश्विन ४, आईतवार ०७:४८

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवकाश लिएका छन्। छबिसपाथिभेरा गाउँपालिका–४ झुतेरामा जन्मिएका रेग्मीले भदौ २० गतेदेखि औपचारिक रूपमा शिक्षण सेवाबाट अवकाश लिएका हुन्। ‘रेग्मी सर’का नामले विद्यार्थी, अभिभावक र स्थानीय समुदायमा परिचित रेग्मीले बझाङका विभिन्न विद्यालयमा रहेर हजारौँ विद्यार्थीलाई शिक्षा दिएका छन्। विशेषगरी छबिसपाथिभेरा गाउँपालिका-७ स्थित मजखोरी माध्यमिक विद्यालयमा लामो समय अध्यापन गराएका उनले त्यही विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीसमेत सम्हाले। रेग्मीले २०६३ देखि २०६९ सालसम्म मजखोरी माध्यमिक विद्यालयको प्रधानाध्यापकका रूपमा नेतृत्व गरेका थिए। त्यसपछि पनि उनी लामो समय सोही विद्यालयमा अध्यापनरत रहे। २०७७ फागुन २२ गतेसम्म मजखोरीमा अध्यापन गरेपछि फागुन २३ गतेदेखि छबिसपाथिभेरा गाउँपालिक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज